सीके लालले भने, ‘नेपाल रहे नेपाली रहन्छौं, होइन भने मधेसी त छँदैछौं’

ck-lalComments 2

राजनीतिक विश्लेषक सीके लाल शुक्रबार एक कार्यक्रममा अरु दिनभन्दा फरक शैलीमा प्रस्तुत भए। उनले मधेसी मोर्चाले काठमाडौं केन्द्रीत गर्न लागेको आन्दोलनबाट कुनै उपलब्धि नहुने बताए। विश्लेषक लालले नेपाली शासकले मधेसीको भावना अहिलेसम्म बुझ्न नसकेको र मधेशीले नेपाली हुनका लागि आन्दोलन गरिरहेको बताए।

मधेसी मोर्चाका नेताहरु पनि स्वार्थी भएको आरोप लगाउँदै काठमाडौं केन्द्रीत आन्दोलन सत्तामा जानका लागि गरेको उनले विश्लेषण गरे। मनत्व्यको अन्त्यमा लालले भने, ‘संघर्ष गाउँघर बाटै हुनेछ। काठमाडौंबाट सरकारमात्र परिर्वतन हुनेछ। संस्कृति बदल्नु छ । मधेसीलाई राष्ट्रको परिभाषा बदल्नुछ।’

लालले भने, ‘नेपाल रहे नेपाली रहन्छौं, होइन भने मधेसी त छँदैछौं। यसमा कुनै समस्या छैन । राष्ट्र बन्छ, विग्रिन्छ । जुन पहिचान छ त्यो बनेकै रहन्छ। हामी चहान्छौं कि नेपाल रहोस् त्यसैले संघर्ष गर्दैछौं।’

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.