सन्जय चौधरी– केही दिन अगाडि डा. सीके राउतको नागरिक दैनिकमा लेख प्रकाशित भयो। जसमा थारुलाई मधेसीकरण गर्ने भरपूर्ण तथ्य पेस गरिएको थियो। ती सबै तथ्यलाई म सत्य मान्दिनँ र अन्य कोही थारुले मान्दैन पनि। त्यस लेखले मेरो मात्र हैन, मलगायत सम्पूर्ण थारुको आत्मसम्मानमा ठेस पुगायो। त्यसैले आज म आफ्नो यस लेखबाट सीके राउतलाई जवाफ दिन चाहन्छु। हुन त म अध्यन र उमेरको हिसाबले डा. राउतभन्दा धेरै कलिलो छु। तर थारु जातिको इतिहास, परमपरा, रीतिरिवाज, चालचलन, रहनसहनबारे धेरै हदसम्म जानकार छु। किनकि म यही समुदायबाट हुर्किएर यहाँसम्म आएको छु।
सुरुवात ‘मधेस’ भन्ने शब्दबाट गरौं। यो शब्द अहिले अति विवादस्पद रुपमा परिणत भएको छ। यो शब्दबाट राउतजीको लेख सुरु भएको थियो। जसले तराई शब्दलाई मधेसीकरण गरेर मधेस बनाएको छ। यो शब्दप्रति खास गरेर तराईको प्रमुख आदिवासीलगायत राजवंशी, धिमाल, दनुवार, ताजपुरिया, गन्गाई, सन्थाल, धानुक आदिको पहिचानलाई प्रत्यक्ष हस्तक्षेप गरेको छ। यी सबैको विरोधका बावजुत तराईलाई मधेस र छुटै पहिचान र अस्तिव बोकेका आदिवासीलाई जमरजस्ती मधेसी बनाएको छ। आखिर ‘मधेस’ शब्दको अर्थ के हो? ज्यादै अन्यौलमा पारेका छन् सबैलाई। मलाई लाग्छ यस शब्दको गहन अध्यन हुन जरुरी छ। तराई मधेस नै हो भने यहाँका आदिवासी जनजातिको किन यति चर्को विरोध हुन्छ? सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘नेपालमा मधेस छैन तर मधेसी छन्’ भनेका छन्।
जुन सत्य तथ्यपूर्ण छ। विभिन्न समयमा थारु लेखकले नै थारुको समग्र पहिचान कायम गराउने प्रयास गरे। तीमध्येमा रामानन्द सिंह थारु, तेज नारायण पंजियार, सुवोध कुमार सिंह आदिको नाम अग्रपङ्क्तिमा आउँछ। तर कतै पनि तिनीहरु थारु मधेसी हो, थारुको पहिचान मधेसी हो भनेर व्यक्त गरेका छैनन्। सबैको विचारले एउटा कुरा व्यक्त गरे कि थारुमा विविधता छ, थारुको रहनसहन पूर्वबाट पश्चिमसम्म फरक फरक छ, बोलिने भाषा फरकफरक छन् यही नै थारुको पहिचान हो। सबैले थारुको छुटै पहिचान भएको दाबी गरेका छन्। बरु मधेसी लेखकले थारुलाई मधेसीकरण खोजे भने पहाडतिरका लेखकले थारु मंगोलियन भएको दाबी गरे। तर वास्तविकता यही हो कि थारुले यी दुई कसैको पहिचानलाई स्वीकार गरेनन्। किनकि थारुलाई थाहा छ, हामी को हौं? हाम्रो पहिचान के हो? र हाम्रो आत्मले कुन पहिचानलाई स्वीकार गर्छ? तसर्थ सीके राउतले भन्दै/लेख्दैमा थारुको पहिचान मधेसी हुन सक्दैन। यसलाई कुनै थारुले कुनै पनि हालतमा स्वीकार गर्ने छैनन्।
मधेसीको परिभाषा दिनुपर्दा भारतीय मूलका मानिस जो अवैध वा कानुनीरुपमा नेपाल भित्रिएको छ। तर इतिहासले जनकपुर मिथिला क्षेत्रलाई पनि पुरानो बासिन्दाको रुपमा स्विकारेका छन्। त्यसैले मिथिलालाई यसको अपवादको रुपमा लिन सकिन्छ। यहाँको बासिन्दाले पनि आफूलाई मधेसीभन्दा पनि मिथिला बासिन्दा वा तराईवासीको रुपमा स्विकार्दा उचित ठहरिन्छ। तर, उनीहरु आफूलाई मधेसी नै स्विकार्छन् भने त्यो उनीहरुको आत्मअधिकारको कुरा हो। यसमा कसैको आपति हुँदैन। न थारुले उसको पहिचानमा कुनै हस्तक्षेप गर्नेछ। दुःखको कुरा नचाहँदा नचाहँदै मधेसीले थारुलाई मधेसी भनेर गलत दाबी गर्छन्। त्यतिमात्र हैन, तिनीहरुले मिथिलावादीलाई पनि मधेसीविरोधीको संज्ञा दिएका छन्। करिब सबै ठाउँमा यी मधेसी नामका भारतीय लेखकहरुले मैथली, अवध भाषाको सट्टा भारतको राष्ट्रिय भाषा हिन्दी अधिकतम प्रयोग गर्छन्। भारु पैसा खाएर मूल तराईवासीलाई भड्काउने कार्य गर्छन्।
तराईको कुन ठाउँको मूल भाषा हिन्दी छ? यसबाट प्रत्यक्षरुपमा मधेसीहरु भारतीय मूलका नागरिक हो भन्ने पुष्टि हुन्छ। भलै सीमा जोडिएका क्षेत्रमा केहीले हिन्दी बोलेका होलान्। यसको जनसङ्ख्या आजभन्दा सय वर्षअघि कति थिए र आज कति छन्? प्रत्येक वर्ष कति बढदैछन्? अवैधरुपमा बसेर नेपाली नागरिकताको लागि पहल गर्ने अनि विभिन्न चरणमा नागरिकता पाएपछि तराइलाई नै मधेस दाबी गर्नु कतिको उपयुक्त होला। त्यतिमात्र हैन यहाँका मधेसवादी दल तथा नेताहरुले नेपालबाट तराईलाई मधेसको नाममा टुक्र्याउने र मधेस टुक्रिएर भारतमा विलय गर्ने भन्ने अभिब्याक्ति दिइरहेको छन्। अन्य दलका नेताहरुले भने यस्तो गम्भिर कुरालाई बेवास्ता गरेर दलालीपन देखाउँदै आएका छन्।
नेपाली नेताहरुकैक कुरा गर्ने हो भने अवैधानिक तरिकाले नाकरिकता विधेयक परिवर्तन र सरलीकरण गरेर ४० लाख बढी गैर नेपालीयलाई नागरिकता वितरण गरिसकेको छ। यस्तो घातक कदमलाई सच्याएर अवैधानिक नागरिकतालाई बदर गरिनुपर्ने कुरामा जोड दिएको भने कतै पाइँदैन। यसरी तराईमा मधेसीको जनसङ्ख्या बढदै गए र हालः सुसुराबाट छोराको नाता भनेर त कहिले के बहानामा उनीहरुले नेपाली नागरिकता पाइरहेका छन्। जसका कारण थारुलगायत तराईका आदिवासी जनजातिको पहिचान संकटमा पर्न गएको छ। यी यथार्थ डाक्टर राउतजीको कुनै लेखमा पाइँदैन। तर अरु जातलाई मधेसीकरण गर्न भरपूर्ण झुटा प्रमाण जुटाएर लेख र डकुमेन्ट्री तयार गर्नुहुन्छ।
डा राउतले अर्को स्वीकारेको कुरा थारुले आफूलाई बुद्धको सन्तान दाबी गर्नु हो। यो एउटा कुराचाहिँ उहाँले सत्य लेखेका छन्। तर थारुले आफूलाई मधेसी अस्विकार गरेकाले बुद्धलाई मधेसी भन्ने अधिकार सरिता गिरी र लेखकलाई छैन। यसको अर्थ अप्रत्यक्षरुपमा बुध्द भारतमा जन्मेको भन्ने जान्छ। यही अभिव्यक्ति दिँदा सद्भावनाका नेता सरीता गिरीको चौतर्फी आलोचन भएको थियो। पार्टीको नाम सद्भावना राख्नेी तर विचारचाहिँ कसैको भावना नबुझ्ने राख्नेई? अरुको कुरा छाडौं तराईलाई मधेस बनाउँछु भनेर थारुलगायत तराईका आदिवासी जनजातिको भावनासँग खेलवाड गरेपछि चुनावमा आफ्नो औकातअनुसार ठाउँ पाए।
थारु जाति बुद्धको सन्तान हो भन्ने कुराको पुष्टि बुद्धको जन्मस्थल लुम्बिनी र त्यहाँ वरपरको थारु बस्तीले पुष्टि गर्छ। बुद्धको जन्मथलो वरिपरि थारुकै बाहुल्यता छ। यो नै थारु बुद्धको सन्तान हो भन्ने सत्य प्रमाण हो। ई.पू. १००० वर्ष पुरानो हिन्दू ग्रन्थको अर्थव बेद हेरे पुग्छ। जहाँ नेपालको सीमानासहित देशको ब्याख्या गरिएको छ। जबकि बुद्धको जन्म ई.पू. ५३४-६६० को बीच भएको मानिन्छ। २२०० वर्ष पुरानो अशोक सम्राटको अशोक स्तम्भ मा ‘यो बुद्धको जन्मभूमी हो र यो नेपाल हो भनिएको छ।’
बौद्ध धर्मग्रन्थ खुदकनिकायमा बुद्ध जन्मबारे ‘बुद्ध कपिलबस्तुमा जन्मिनुपर्छ’ लेखेको छ तर मधेसमा भनेको छैन।
मधेसीको अर्थ माथि नै भनिसकेकाले भन्न जरुरी छैन। मज्झिम देशको इतिहासलाई मधेसको इतिहाससँग कदापि तुलना गर्न मिल्दैन। यदि तुलना नै गर्ने हो भने इतिहासमा मज्झिम देशको ठाउँमा मधेस लेखिनुपर्थ्यो। तर त्यो कतै लेखेको छैन। मेरो विचारमा मधेसको उत्पति तराईमा मधेसीहरु आएर भएको हो। यदि यस ठाउँमा मधेसीको इतिहास भएको भए मधेसीको जनसङ्ख्या पहिलेदेखि नै बढी हुन्थे। तर, यहाँ थारुको इतिहास परापूर्वकालदेखि नै छ। हजारौं वर्ष पहिलेको थारु राजा दाङ्गीसरणको इतिहासले र सुनसरीको थारु राजाको दरबारहरुको भग्नावेशले सर्वसत्य थारुको इतिहासलाई प्रमाणित गर्छ। केही वर्षदेखि आफ्नो जनसंङ्ख्या बढाएको मधेसीले थारु पहिचानमाथि प्रहार गर्नुको नजिता गलत हुन सक्छ भनेर जानी राख्न जरुरी छ।
थारुको उत्पतिबारे अर्को भनाई राजपुतबाट भएको छ भनि ईश्वर बरालले व्यक्त गरेको कुरा डा. राउतको लेखमा व्यक्त गरिएको छ। त्यसमा थारुहरु क्षेत्रीय भएको कुरा पनि समावेश गरिएको छ। अब यसको यर्थातमा जाउँ। थारुको अर्को नाम सहनसिलता, सोझोपन, इमान्दारिता आदि हो। यो नै समग्र थारुमा पाइने विशेषता हो। जसले गर्दा थारु आज समाजिकरुपमा पछाडि परेका छन्। थारुले सबैको अन्याय सहे। उनीहरुको सोझोपनको फाइदा उठाएर मधेसी र पहाडी समुदायले थारुमाथि राज गरे। तर क्षेत्रीयको अर्थ लडाइँमा बलवान बुझिन्छ। जसको बौद्धिक क्षमताबाट युद्ध लड्ने कुरामा अगाडि हुने कुरा बुझाउँछ। यो गुण थारुमा पाउन मुस्किल छ। थारु जाति लडाइँ र झगडा मन नपराउने शान्तीप्रेमी हुन्छ। त्यसैले त बुद्ध र थारुको विशेषतामा समानता छ।
त्यसैले थारु मूलरुपमा क्षेत्रीय हो भन्ने कुरा स्वीकार्य छैन। सायद यो विशेषता थारुमा भएको भए आज तराईविरुद्ध बोल्ने कोही हुँदैन्थे। जसरी ब्रहमानवादीहरुले जसरी देश चलाए पनि बेचे पनि कसैले बोल्न सक्दैनन्। तसर्थ अन्य समुदायकाले लेखकवर्गले थारुको इतिहासलाई आफ्नो स्वार्थअनुसार लेख्नेच गर्छन्। तर वास्तविक थारुको इतिहास थारुबाहेक अरुले जानेको छैन। जानेकाले पनि अन्जान बनेर तथ्यलाई गलत तरिकाले प्रस्तुत गरेर थारुको इतिहासलाई अतिरञ्जित गरेका छन्। तीमध्येमा डा. राउतको नाम अग्रपंक्तिमा लिन सकिन्छ। जसले थारुको इतिहासलाई तरोडमरोड गरेर मधेसीकरण गर्न खोजेका छन्।
जसले जे भने पनि थारुहरु हजारौं वर्षदेखि तराईमा बस्दै आएका छन्। मधेसमा बस्दै आएको भन्नु अतिरन्जित बनाउनु हो। जब तराईमा थारुको बसोबास हुँदा मधेसी नै थिएन भने तराईलाई कसरी मधेस भन्न मिल्छ। यो जबरजस्ती प्रयोग गरिएको डा. राउतको लेखको शब्द हो। पृथिवी नारायण शाहको पनाती गिर्वाणयुध्द शाहका पालमा नेपाल अङ्ग्रेज युद्ध भयो। जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ।
उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि बिशाल नेपालको इलाका (हालः भारतको उत्तराञ्चल, हिमाञ्चल र पञ्जाबमा पर्ने केही साना पहाडी रजौटा र पूर्वमा दार्जलिङदेखी टिष्टा नदीसम्मको तराई तथा पहाडी भूभाग) ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धीअन्तर्गत सुम्पिनुपर्योा। सिक्किममाथिको अधिकार पनि त्याग्नुपर्योब। तर ब्रिटिसले नेपाललाई १८२२ मा मेचिदेखी राप्तीसम्मको तराई र प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको कार्यबाट खुसी भएर सुगौली सन्धिबाट गुमेको नेपाली भूभाग राप्तीदेखि महाकालीबीचको तराई (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६० मा फर्काएपछि वर्तमानको नेपाल बनेको हो।
डा. राउतले के बुझ्न जरुरी छ भने उक्त भूभाग भारतको उपहार नभइ नेपाली भूभाग फिर्ता पाएको हो। जुन सुगौली सन्धीबाट गुमेको थियो। यसलाई उहाँले भारतको उपहार भनेर गलत विश्लेषण गर्नुभएको छ। सुगौली सन्धीबाट गुमेका भूमिको कारण अझ थारु भारतमै रहन पुगे जसरी नेपाली जाति दार्जलिङ, आसाम, सिक्किममा छन्। यदि वास्तविक थारुको उत्पति भारतमा भएको भए थारुको जनसङ्याजा नेपालभन्दा भारतमा बढी हुनुपर्थ्यो। तर नेपालमा थारुको जनसङ्ख्या अठार लाख हुँदा भारतमा करिब दुई लाख पचास हजारको तथ्याङ्कमात्र छ। तर मधेसीको ठीक उल्टो भारतको जनसङ्ख्याभन्दा कयौं गुणा कम तराईमा छ।
अब थारुको भाषाको सन्दर्भमा डा. राउतले मानवशास्त्री क्लासकँफ र गेजको भनाईलाई समेटेका छन्। जसमा थारु भाषालाई उत्तरी भारतसँग सम्बन्धित भारोपेली भाषा भनेका छन्। थारुको भाषामा पछि आएर अरुको प्रभाव परेको भन्न सकिन्छ तर थारुले अरुको भाषा बोल्छ यो सत प्रतिशत सत्य होइन। यदि त्यसो हो भने नेपाली र हिन्दी भाषामा पनि धेरै शब्द मिलेका छन्। यहाँसम्म कि क, ख, ग,घ र अ आ इ सबै उही पढाइ हुन्छ। के नेपाली भाषा पनि हिन्दीको उपभाषा भन्ने त उसो भए? हामी सबै थारु यो कुरामा सहमत छौं कि हाम्रो थारु भाषा पूरै नेपालभरिको मात्र नभएर भारतका थारुले पनि बोल्ने गर्छन्। तर ठाउँअनुसार लवज भने नजिकको अन्य भाषासँग मिसिएको छ। यो कुरा एक जना लखनउका थारु शिवनारायण थारुले पनि मेरोसामु केही महिना अगाडि भनेका थिएर उहाँसँग भारतमा थारुको स्थितिबारे बुझ्न खोज्दा सो कुरा बताएका थिए। यसबाहेक थारुको विभिन्न कार्यक्रम हुँदा त्यहा थारु भाषाकै प्रयोग गरिन्छ।
धेरै शब्दहरु पूर्व र पश्चिमकोमा सामानता पाइन्छ। बोल्ने शैली र क्रियापदमा फरक भए पनि मूल शब्द भन्ने एउटै हो। डा. राउतकै उदाहरण लिनुपर्दा सायद उहाँ मैथली बोल्नुहुन्छ। उहाँको विचारअनुसार सप्तरी जिल्लाको थारुले मैथली बोल्छ होला। तर त्यहाँको थारु भाषा र मैथली भाषाको फरक प्रस्ट्याउन सक्छु। डा. राउतको गृह जिल्लामा र त्यसको वरिपरि रहेको थारु बस्तीमा थारु भाषा ठाडो बोलिन्छ। त्यहाँको थारु भाषामा आदर्श हुँदैन। उदाहरण तपाईँ भात खानुभयो? यसलाई सप्तरीय थारु भाषामा भन्नुपर्दा ‘तुहे भात खेल्ही’ भन्छन्। तर मैथली भाषामा ‘यहाँ भात खेल्यै यै ‘ भन्छन्। जुन कुरा राउतलाई राम्रोसँग थाहा छ। अर्को उदाहरण दिऊँ। ‘तिमीसँग कलम छ’लाई थारु भाषामा ‘तोहर सँगे कलम छौ रया’ भन्छन् तर मै मैथलीमा ‘यहाँ सँगे कलम यइछ’ भन्छन्।
यी उदाहरणले पनि थारु र अन्य भाषाबीचको फरक छुट्याउँछ। कतिपय थारुहरुको आफ्नै ठेट शब्द पनि छन्। जुन अन्य भाषासँग मेल खाँदैन। थारु भाषालाई रेडियो नेपालले पनि कार्यक्रम चलाउँदा चार भागमा बाँडेका छन्। त्यहीअनुरुप थारु भाषाका कार्यक्रम पनि चलाएका थिए। यसरी थारु भाषामा अरु भाषाको प्रवाह परेको स्विकार्न सकिन्छ तर थारु भाषा नै छैन भन्नुचाहिँ थारुमाथि अन्याय हो।
सांस्कृतिकरुपमा थारु एक धनी जाति हो। कतिपय चाडपर्व मधेसीले पनि मनाउने भएकाले थारुको चाडपर्व मधेसीको र थारु मधेसी हुन भनेर दाबी कदापि गर्न मिल्दैन। थारु र मधेसीको संस्कृतिमा केही समानता होला। तर धेरै विभिन्ता छ। नजिक र वरिपरि बसोबास गर्ने भएकाले केही समानता हुनु स्वाभाविक छ। तर डा. राउतले केही समानताको फाइदा उठाएर थारुको पूरै संस्कृतिमाथि नै धावा बोलेका छन्। समान्यतः थारुको चार्डपर्वको सुरुवात माघीबाट सुरुवात भएको मानिन्छ।
थारुले माघीलाई नर्या वर्षको रुपमा धुमधामसँग मनाउँछन्। तर मधेसीको नयाँ वर्ष हैन माघी । थारुले सकरातिलाई ठाउँ हेरेर दियाबती, सोहरिया, दियावारी र अमाओसा भनेर मनाउँछन्। यसले थारु शब्द मधेसीभन्दा फरक रहेको पुष्टि पनि गर्छ। त्यसपछि बाँकी चार्डपर्वजस्तै होली, शिरुवा, अटवारी आदि थारु र मधेसी दुबैले छुटटै आफ्नो मौलिक तरिकाले मनाउँछन्। डा. राउतले भनेजस्तो जन्म, विवाह र मृत्युमा गरिने संस्कार मधेसीसँग केही मिलेपनि धेरै फरक छन्।
वास्तविक थारु महिलाको परमपरागत पहिरन अचरा, खडगी, लेहङ्गा आदि हो भने धोतीलाई समेत थारु भाषामा धोती भनेर भनिँदैन। अझ गहनरुपमा जाने हो भने थारु महिलाले लगाउने साडीको तरिका पनि मधेसीसँग मिल्दैन। थारु भाषाअनुसार धोतीलाई थारुले अनगौछा अथवा लङ्गौटी भनेर ठाउँअनुसार प्रयोग गरिन्छ। यो कुरा बुझन डा. राउतलाई जरुरी छ। थारुको गहन अध्यन नगरी थारुको पहिचानमाथि हस्तक्षेप गरेको सुहाउँदैन।
थारु खानपिन तथा परिकारलाई हेर्ने हो भने डा. राउतले सबै कुरा मधेसीको दाबी गरेका छन्। हालः एकै ठाउँमा आएर बस्दा खाना उस्तै हुन्छ नै। तैपनि कतिपय खानाका परिकारले थारुको पहिचान जनाउँछ। जस्तै घोङङ, सितुवा, बगिया, कोखरा आदिले थारुको मुख्य पहिचान जनाउने थारु खानालाई मधेसीको विशिष्ट भन्नु जायज कुरा हैन। उदाहरणका लागि घोङीलाई लिँदा हुन्छ। थारुलाई घोङीको संज्ञा पनि दिने गरिन्छ। यसको प्रयोग थारु समुदायमा अत्यन्त गरिन्छ। त्यसैगरी मुसाको चटनी पनि थारु समुदायम प्रख्यात छ। घोङी खान त मधेसीले थारुबाट सिकेर आज कसरी आफ्नो विशिष्ट खाना परिकार बनाए। यी थारुका परिकारहरु हुन्। त्यसैगरी थारु समुदायमा एउटा प्रचलित भनाइ छ, ‘जहाँ छ थारु, त्यहाँ हुन्छ दारु’। अर्थात् थारुले दारुको प्रयोग अत्याधिक गर्छन्। यी कुराहरुले थारु र मधेसीबीचको भिन्नता देखाउँछ। डा. राउतको कथनले जबरजस्ती थारुको संस्कृतिलाई मधेसीकरण गरिएको छ।
यसरी मौलिक पहिचान रहेको थारु जातिको ऐतिहासिक मूल वा उत्पति, भूभाग, भाषा, संस्कृति, रहनसहन र आर्थिक जीवनलाई नस्विकार्ने डा. राउतको लेखले सोझै थारुको पहिचानमा तीर हानेका छन्। थारुको पहिचान एजेन्सीले निर्धारण गरेको भन्ने तर मधेस भनेर भारतीय भाषा हिन्दी प्रयोग गर्ने, मधेस टुक्र्याउने भारतीय दलालले चलेका मधेसी दल र नेतालाई न देख्ने । तीपनि त भारतीय भारु पैसामा चलेका छन् नि। चुनाव जित्नल भारतबाट पैसमा मात्र हैन गाडीसमेत प्रचारको लागी भारतीय नै प्रयोग गरेको चाहिँ डा. राउतले नदेख्नेच अनि थारु उत्थानका लागि आएका सहयोगलाई एजेन्सीको भन्न मिल्छ।
अरुको कुरा त छाडौं। मधेसी नेता उपेन्द्र यादवले फोरम पार्टी पनि त पहिले एउटा मधेसीको उत्थान गर्ने संस्था नै थियो। त्यहाँबाट आएको मधेस प्रदेश जायज हुने अनि यथार्थको थरुहट र थारुको पहिचान अस्विकार्य हुने?
अन्त्यमा डा. राउतले जे लेखे पनि यथार्थ कुरा परिवर्तन हुँदैन। राउतजस्ताले भन्दैमा थारु न मधेसी हुन्छन् न कहिल्यै थिए।
Bhaeko Article yakdame tarkik chha, Laikhae saili pani ramro chha i am so happy. la yasari nae continue aaunu paryo ok thanks
Ek dun jayaj Lekh
Ekdam sahikura ho Sanjay g tapaiko yo lekh ekdam ramro lagyo. Yo do. Ck raut le padhun Tharu vaneko k ho.
this is the best reply 2 so called CK Raut.Ck Raut use ur knowledge for a good thing,,,dnt misuse it,,u and ur silly article r not worth 2 change THARU’s IDENTITY,,because we know our identity much better than you.ROT IN HELL,,,,,JAI THARUHAT
‘जहाँ छ थारु, त्यहाँ हुन्छ दारु’
सर्वप्रथम म आनन्दित मनले संजय थारू चौधरी ज्यूलाई हार्दिक धन्यबादको माला पहिर्याउन चाहन्छु.
तपाईको लेख विल्कुल श्वेत सत्य तथ्यमा आधारित छ. यसलाई अन्य सम्पूर्ण दलहरुका अंधा/ कानो नेताहरु समक्ष एउटा टेपमा रेकर्ड गरेर सुनाई दिनुहुन विनम्र अनुरोध छ किनकि उनीहरुले आँखाले हेर्न र मुखले पढ्न सक्तैनन्, कानले त सुन्ला नि यदि बहिरा छैनन् भने.
सत्यको महायुद्धमा आराध्यदेव पशुपतिनाथ र माता सरस्वतीको आशिर्बाद सधैं तपाईको साथ रहून भनि मेरो शुभकामना!!
Sanjay g tapaiko lekh ekdamai rarmro lagyo. Nd ck raut le bugun ki.please never wright the article against tharu to prove that tharu r madhesi. Ck raut dont be a over smart nd i also sugest u to learn something from sanjay chaudhary about tharu culture.
yo ho ni tharu ko pahichan good very nice replay
सञ्जय जीको लेखमा भएका सम्पूर्ण तथ्य अकाट्य छन । सि के राउत सँगको यो जुहारी हाम्रो नयाँ होइन धेरै पूरानो हो । राउत जी पढिलेखी डाक्टर बन्नु भयो उहाको ज्ञान जन समुदायको भलाईमा कम र अनुत्पादक बादबिबादमा बढी केन्द्रित देख्छु । मलाई त लाग्छ स्वयम राउत पनि भारतीय दलालहरु मध्ये एक हो । किन ? किनभने थारुमा उखाननै छ कि अबल काठ किरा ख्या । थारुहरुमा भएका बौद्धिक जमातमा लड्न सक्ने सामर्थ्य हुंदा हुंदै पनि रोजी रोटीका बाध्यताले गर्दा पूरा पूर त्यसैका पछी लागेर बस्न सकेका छैनन । तर भारतीय श्रोत र साधन प्रयोग गरेर निरिह थारुहरुको इतिहांस मेट्ने कुचेष्टा गरेकाहरुको कुरै भिन्दै छ । सबैलाई थाहा भएको कुरा कि हाम्रै बांझो खेत बारीमा आश्रय पाएर झाङिदै गएकाहरुको जमात अहिले मौकामा मधेशी भएर निस्कनु कुनै आश्चर्यको कुरा होइन तर जुन थारु समूदायले आश्रय दिएर राखे तिनैको बिरुद्ध षडयत्र गर्नु कतिको जायज हो भन्ने कुराको हिसाब किताब भलै अहिलेका चतुर चालाक मधेशिहरुलाई चुक्ता गर्न नपरोस तर तिनका नाती पनाति खनाती मध्ये कसै न कसैलाई ब्याज समेत ब्यहोर्नु पर्न सक्ने कुरा विश्व इतिहांस पल्टाएर हेरे हुन्छ ।किनभने सि के राउत भन्दा राम्रा र चतुर डाक्तरहरु थारुले पनि असन्ख्य रुपमा जन्माउन अब धेरै समय छैन । थारुहरुको चेतनास्तर पनि दिनानुदिन बढ्दो छ् । कसैले पनि नबिर्सोस कि उंट पनि कुनै बेला पहाड मुनी आउंछ ।
bad artical writer should have to growup very more and could be study on history little more!! bibek is write, there manymore things to about tharu n madhei
लेख निकै राम्रो लाग्यो । मेरो बिचार मा यो कथान निकै सान्दर्भिक छ।
थारु समुदायमा एउटा प्रचलित कथान छ, जहाँ पिप्र वहाँ बयाल, ओ जहाँ बाजी वहाँ रायल, अर्थात, जहाँ पिपलको रुख छ त्यहा सितल हावा चल्छ, त्यसइ गरी जहाँ बाजी (मधेसी) छन त्यहा झैझगडा र बबाल हुन्छ।
U Fudrus CK Raut If u don’t know magic then don’t put the hand in the hole of snake ok that’s it. Little knowledge always dangerous think abt it fudrus.
Fully agree
dhannyabad lekhakjyu tharuko barema lekhekoma.lekh ramro lekhnu bhayekochh & tharuko barema ck rautlai ramrari parichay dinu bhayekochh. yo lekh yedi ck rautle padhyo bhane bholiko dinma adibashi tharuko barema charcha garne chhaina bhanne malai lagchh.
I would like to request you to see the article as mentioned in link. http://ckraut.wordpress.com/2014/04/24/%E0%A4%A5%E0%A4%BE%E0%A4%B0%E0%A5%82%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87%E0%A4%AE%E0%A4%BE-%E0%A4%A5%E0%A4%AA%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A4%BE/
Dr. CK Raut always wishes for development of all communities of Madhesh. We should know about him and his intention before any comment.
I’m totally agree with you sanjay ji.Specially fousing to Terai region;Rajbanshi,Tharu, koche, meche, Dhimal, santhal( we called sataar in Jhapa),Gangain, Tajpuria,Haari,Borooi and all desi muslims are the main inhabitants of terai region.We have a long histry since past and everyone knows that we used to be a landlord and thats true.I would like to encourage collectively to all coomunity people from Tharu, Rajbanshi, Tajpuria and all who truly deserves for their rights as Kochila state for Rajbanshi,Tajpuria and Tharuhat.We have totally diffenet and unique taste of our own language,customs ,culture and attitutues. We are very loyal, simple, honest,and sahansil people and that’w why this is our main weakness.So many factors also included on top of being backward as people ruling on top are all brived people and upper cast Brahman people utilising and playing with us.This days we know everything but we have no way to get right because of those culprit people on top.For example.Dr. CK Raut just submit his documentary simply thinking that whatever he said will be truth but he should have thought about oru identity and not supposed to write false statement about any community either its Tharu, or Rajbanshi.We almot have same kind culture and atributes being as Jamindar. We use dto have luxirious life.
As u just mentioned about How Madhesi derived from where , Actually you are right.long time ago, there was no any coomunity people expect i mentioned before in Terai region.This lengthy plain region from east to west was living , used to live and still belongs to Tharu, Rajbanshi all others communities
Sanjay Jee.
Namaskar.
I’m proud of you my dear that you tried to give not only answer of the Rauta’s article but also tried to establish the identity of tharus. Very very thankful to you and also request to search and dig out more truth and information about tharus and came up as a article frequently and continuously.
100% sanjaya ji ko lekh ramro lagyo. Yo tapaile lekheko kuraharu bilkulai satya ho yasma kunai duimat xain. Yo lekh tharu pahichan ko lagi ekdam sahi ho aru yastai hamro jati ko vitri satya tathayakuraharu bahir nikalnu ani pahichan banau sabai ekvayer.purb dekhi pachhimsamm ka sabai tharuharu ekhunu jaruri x sanjay ji
Very good and informative article….Every Tharu’s must know this fact. We are Tharu not Madhesi…………..
येा लेख यथार्त हेा र १०० प्रतिशत सहि पनि छ । कागले कान लग्येा भन्दैमा कागकेा पछाडी दैाडीनु राम्रेा हैन तर कान चाही छाम्नु परयेा,,,। सचेत हुनु र गराउनु परयेा । जय थारूवान,,,,,,,,,,,
Tharuko bishayma dherailae jankari dinubhayekoma Sanjay Jee lae dherai dherai dhanyabad chha.bastabma yedi kasaile tharu ko pahichan, man maryada ma kutharadhat garcha bhane tharu jatile kahile pani sahan sarna sakidaina.
sanjay jee sanga mero agraha chha ki yo artical Nagarik news kai pathak mancha ma prakashi garema dherai lae jankari sathai CK Raut lae pani thaha hunethiyo , bastabma tharu ko bisayma whalae kam jankari chha bhanera.
Thank you sanjay jee . Keep it continue.
संजय जीको लेख बहुत राम्रो छ । कलमलाई अझ तिखार्दै जानुस् कामना छ । म सुशिल सरको प्रतिक्रियामा पूर्ण समर्थन जनाउँदछु ।
Kabar dhaar C.K Rawat, Taru Sahanshil pani 6a , Jaba Bedroha ma Utran6a Bhane 100 sena barabar 1 tharu sena hun6a. teskaran tharu lai madeshi banaune paryas na garai kai bees .
thank u all
Sanjay chaudhary ji le dherai ramro tark lekhanu bhyeko ma mero purna samarthan r sahayog rahane x . Kalam chalaudai janus mero subhakamana x. Jai tharuhat
Sanjay ji, ram ram
Thanks for our grateful effort for our identity. keep it on. I am disagree with you in only one point that is meaning of ” Rajput” it does not mean warrior or chhetry only It mean son of king.Yes it is coorect tharu might be rajput because tharu they rule in Dang and all over the Tharuhat(Tarai).Tharu are descendant of king.
C k raut lai tharu haru ko etihas ko barema kehi thaha 6aina jasto 6. CK Raut pahila etihas ko ek ek pana paltaer her tes pa6i tharu ko barema lekh lekhnu. Sanjay ji ko lekh le tharu haru ko pahichan k6 Vanera clear gareko 6 . Good job & congratulation!
yatharth parak thaarupana lekh ra Chetana mulak lekh chh bhai !
asari jaga ra jan jagau nawa yuva neta sanjaya bhai… ajhai krantikari lekh dhar lekhdai jau hardik shubha kamana ! Thank u !
100% right ho sanjay ji
tapai le aaja ishpasta rup ma vhandinu vho tharu ko parivhasha
Aaja sama ma aphani tharu vhasha ko parivhasha nai thaha thiya na tara aaja ma dherai khushi layo yo bujhera
thank you sanjay bro
I appreciate you for this article. I would like to go ahead more by depth. Thank you Sanjay jee for your literary attempt. Wish u the best ….
thank you sanjay ji for repling ck raut for our culture and religion
this article is good to try some space for Tharu’s understanding. But, the writer needs some in-depth study. The history says, there was a Tharu king in Gorkhpur of UP. The Tharu is community who escaped from middle and western India to safeguard from Muslim invasion during 15th 16th Century, mainly the the women and their worker that’s why The Tharu has more a matriarchal or women liberty society than the other Madheshi people. During the migration, the Tharu people, could not carry their original language, resulting into mixed up with the local language of the vicinity that was Awadhi, Bhojpuri and Maithili that still exists. During that time, there was no Nepali, otherwise they might have mixed up with Nepali language as well. Hindi is not a mother tongue of any Madhesi/Terai people.
The truth is the modern standardized Hindi was not found until 18th century (https://en.wikipedia.org/wiki/Hindi). The Awadhi, Braj, Bhojpuri, Maithili which has their origin in Sanskrit are the foundation of Hindi with mixtures of several local and foreign language. That’s why, Hindi can not be separated from the speakers of Awadhi, Bhojpuri or Maithili. Though it may have a political debate in Nepal from the Nepali speakers. The Tharu whether accept Madheshi word or not, is their choice.. but, Lumbini and Mithila does not have any ancient history with them. All it belong to the aboriginal residents which was a mixed population of Kapiulbastu, Kaoshala, Tirhut, Mithila etc.
It is also true that there was migration from India to Nepal, mainly during the late 19th century when there was huge food insecurity in India, the Terai Madhesi region has been receiving continuous mass migration from Hilly region of Nepal. The migration from hilly people in Terai region has put huge and immediate threat to the resources and existence of Tharu than to the non-Tharu Madhesi. The Tharu land is captured by them, they are made bonded labor by them.
I have never seen any conflict, in any from, between a Tharu and non-Tharu Madheshi because there is common feeling, mutual understanding and interdependent, except in political debate in current days. Even, the word Tharu is given by Madhesi people to a community which means ” a docile or easy person, who escapes to face a challenge” In India there is a huge part under Terai.. but there are no Tharu. So, link of Tharu with the word “Terai” is also superficial
Sanjayjee c.k.raut ko lekh mathi gareko tippny dherai mihnet garnu bhaeko ma badhai chh.ra hamro itihas le ajhai khoj ewanm anusandhan ko mang garirahe ko chh.
Very nice article. Well done! Keep it up. I am happy to read it. Please collect and publish other historical articles regularly related to Tharu. It will help to awake the tharu communities for their rights and dignity.
Very nice article
Tharu eauta mongolian race ko ho..jo ki madheshi haru aray race baat aaeko ho..madhesh vne ko madhaya desh baat aae ko lae vnina xa
Authentic Article, Please keep writing.
Thank you so much Sanjay bro! we are not son of Lord Buddha but Lord Budha was son of Tharu.
terai ko adibashi mithila basi ho jasma sabai parna sakchha, rajbanshi, tharu, santhal,tajpuriya ………….gangai haru ko purkheli ghar india ko south,w. bengal and asam bata aye ka hun. pheri nepal ko adi bashi kasari bhayo chha bhane madheshi kina hoina ?
Ma tharu Nepali bhumi putra hun madheshi haina Dr. CK raut.
Tark ma najau samaj ko bived lai niyalera herau!!!
I agree with the writer.