बाबुरामको प्रश्नः संविधान मान्य छैन भन्ने अनि सांसदको भत्ता खाने ?

Baburam 01

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मधेसमा पाँच महिनासम्म चलेको आन्दोलन उपलब्धिविहीन अवस्थामा तुहिएको भन्दै यसको जवाफ कसले दिने ? भनी प्रश्न गरेका छन् । सप्तरीको राजविराजबाट सुरु भएको नयाँ शक्तिको मधेस जागरण अभियानको उद्घाटन कार्यक्रममा भट्टराईले आन्दोलनले कुनै किसिमको उपलब्धी हासिल नहुनु तराई/मधेसको जनताका लागि बिडम्बना भएको बताए । मधेसवादी दलका नेताहरुले संकीर्ण सोच राखेको र एक्लै आन्दोलन गर्दा सफल भइन्छ भन्दा ओलीले पछारेको उनले बताए ।

संविधान मानेकै छैन पनि भन्ने संसदमा गएर भत्ता पनि खाने ठीक नभएको भन्दै उनले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘यदि संविधानै मान्य छैन भने त्यही संविधान अन्तर्गतको संसदको भत्ता खानुको अर्थ के ?’

अहिले पनि मधेसवादी दलहरुले आन्दोलन गर्छु र त्यसको भरमा उपलब्धि हासिल हुन्छ भनेर सोचे सफल नहुने भन्दै उनले सबैलाई समेटेर आन्दोलन गर्नु पर्ने बताए । ‘पछिल्लो समयमा बढी मधेसी दल एक ठाउँमा आएका छन्’ उनले भने, ‘जबसम्म सबै एकजुट भएर आन्दोलन गरिँदैन, तबसम्म कुनै सफलता प्राप्त गर्न सकिँदैन ।’

उनले मधेसी मोर्चाले भने झैं सिंहदरबार केन्द्रीत आन्दोलन नै गर्नुपर्ने बताए । जनतालाई कुनै किसिमको दुःख दिन नहुने भन्दै उनले भने, ‘देशका शाषकहरु अन्धा भएकाले उनीहरु बस्ने ठाउँलाई नै आन्दोलनको केन्द्रबिन्दु बनाउनु जरुरी छ ।’

समावेशी समानुपातिक, सीमांकन, निर्वाचन प्रणाली र शाषकीय स्वरुपमा परिवर्तन तर, अखण्ड नेपालभित्र स्वायत्त मधेश प्रदेश खोजिनु पर्ने बताए । केपी ओली र त्यसका ब्राण्डले तराई मधेसका जनतालाई भारतीय भनेर चरित्र हत्या गरिरहेको बताउँदै उनले यसबाट नआत्तिकन अगाडि बढनुपर्नेमा जोड दिएका छन् । (अनलाइनखबरबाट)

Leave a Reply

Your email address will not be published.