प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह बनाइदिने चेतावनी दिएका छन् । सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’

रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक थारुले प्रधानमन्त्री केपी शर्मा ओली दमनकारी बाटोमा लागेको भन्दै सिधासिधा सरकारसँगै लड्ने बताए । ‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ, तर यो सरकारसँग  तागत छ भने आदिवासी जनजातिसँग सिधासिधा आएर लडे हुन्छ । हामी लड्न तयार छौं,’ उनले भने ।

यसैबीच, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानवादी मोर्चा/समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा/घटकहरूले पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे ।

अध्यक्ष बरामले कालो दिवस मनाउने क्रममा राज्यले दमन गरे बाध्य भएर प्रतिकारमा उत्रिने चेतावनी समेत दिए । ‘हामी शान्तिपूर्ण रुपमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँछौं । तर, सरकार हामीमाथि दमनकारी रुपमा प्रस्तुत भए हामी पनि बाध्य भएर जाइलाग्न तयार छौं ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.