बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा कम्तीमा २० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनका कैलाली संयोजक माधव थारुका अनुसार १५ हजार पास दिउँसो १ बजे सकिएको थियो। सहिद परिवारबाट उद्‍घाटन गराइएको सम्मेलनमा प्रमुख वक्ताका रुपमा बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण, खगेन्द्र संग्रौला, लक्ष्मण थारुलगायत थिए। सबैले थारु अधिकार प्राप्तिका लागि विद्रोहको विकल्प नरहेको बताएका थिए। बाबुराम भट्टराईले पनि थारुहरुलाई विद्रोह नरोक्न सुझाएका थिए। त्यस्तै थरुहट नेता लक्ष्मण थारुले यो सम्मेलनले आन्दोलनको पुनर्जीवन गरेको बताए।

 

Leave a Reply

Your email address will not be published.