राष्ट्रपति यादव जलपान समारोहमा

काठमाडौं- राष्ट्रपति रामवरण यादव उपराष्ट्रपति परमानन्द झाद्वारा दीपावली एवम् छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित भेटघाट एवम् जलपान समारोहमा उपस्थित भए। उपराष्ट्रपतिको कार्यालय बहादुरभवन कान्तिपथमा आयोजित सो समारोहमा प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मीको पनि उपस्थिति थियो।

यसैगरी समारोहमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको पनि उपस्थिति थियो।
समारोहमा विभिन्न संवैधानिक निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रमुख, सरकारका मुख्यसचिव एवम् सचिव, विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति थियो।
समारोहमा कलाकार, साहित्यकार, पत्रकार, व्यापारी, उद्योगपति, चिकित्सक, महिला तथा लब्धप्रतिष्ठित समाजसेवीलगायतको पनि उपस्थिति रहेको थियो। रासस

Leave a Reply

Your email address will not be published.