टुँडिखेलमा माघी महोत्‍सव, गृहमन्त्री गच्छदराले उद्‍घाटन गर्ने

काठमाडौं- थारू कल्याण्कारिणी सभा उपत्यका समिति काठमाडौंले माघी महोत्सव आयोजना गर्दैछ। थारू संस्कृति भेषभूषा बाजागाजासाथ माघ १ गते महोत्सव टुँडिखेलमा गरिने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। आयोजकका अनुसार महोत्सवको उद्‍घाटन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गर्नेछन्।

महोत्सवमा थारू संस्कृति, भेषभूषा, बाजागाजा, विभिन्न संघसस्थाको तुलसहितको झाँकी प्रदर्शनी गरिनेछ। महोत्सवमा विभिन्न पार्टीका नेता, समाजसेवी, स्वदेशी तथा विदेशी पाहुनासमेत आउनेछन्।
यसैगरी जातिको विभिन्न संस्कृतिअन्तर्गत सखिया, हुर्दगवं, घुमरा, झुमरा, छोकालगायत नृत्यका साथै फुड फेस्टिभलसमेत हुनेछ। फुड फेस्टिभलमा घोङी, सुँगुर, परेवा, हाँसको मासु, ढिकरी, माछा, गंगटा, खिच्चडी, तिलको लड्डुलगायत परिकार राखिनेछ।

विभिन्न थारू अधिकारसम्बन्धी संघसंस्थाद्वारा आयोजित महोत्सवमा हस्तकला तथा पुस्तक प्रदर्शनीसमेत गरिनेछ। समितिले थारू जातिको संस्कृति, लोककला, दर्शन, भाषा, साहित्य, रीतिरिवाज, र सभ्यताबारे जानकारी दिने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published.