थारु पत्रकार संघ पश्चिम नवलपरासीको अध्यक्षमा रेनुका

थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातीबाट चयन भएको छ ।

शनिबार थारु पात्रकार संघ नेपालका केन्द्रीय सदस्य कमल चौधरीको अध्यक्षता तथा नेपाल अदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरीको विशिष्ट अतिथ्यतामा नवलपरासीको चिसापानीमा सम्पन्न प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जसको उपाध्यक्षमा अमृता चौधरी, सचिवमा संध्या महतो, सह–सचिवमा डोल कुमारी चौधरी र कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ती चौधरी, रचना चौधरी, अकाश चौधरी, इन्द्र चौधरी, नन्दु कुवँर र भेष नारायण चौधरी चयनभएका छन् ।

त्यस्तै थारु पत्रकार संघका जिल्ला अध्यक्ष रेनुका चौधरीका अध्यक्षता तथा डोल कुमारी महतोको संचालमा सम्पन्न भएको उक्त अधिवेशन कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरी, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी, थारु कल्यणकारीणीका जिल्ला सचिव पशुपति चौधरी, थारु कल्यणकारीणी सभाका जिल्ला कोषाध्यष डोल कुमारी चौधरी, समाजसेवी मथुरा प्रसाद थारु लगायतले बोल्दै थारु समुदायको हक अधिकार सुनिश्चि गर्नको लागी थारु अगुवाहरु एक जुट भएर लाग्नुपर्ने बताए । उनीहरुले नयाँ निर्वाचित पदधिकारीहरुलाई सफल कार्यकलको शुभाकामना दिँदै थारु समुदायको पहिचान र अधिकार सुनिश्चित गर्नको लागी अब सक्रिया भएर पत्रकारहरुलाई कमल चलाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published.