पद्मनारायण चौधरीले भने- ओलीले माफी माग्नु पर्दैन

Padmanarayan Chaudharyनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद पद्मनारायण चौधरीले तराई मधेसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जायज कुरा बोलेको भन्दै माफी माग्नुनपर्ने जिकिर गरेका छन् । सिराहा क्षेत्र नम्बर १ का सभासद चौधरीले ओलीले माफी माग्नुपर्ने मधेसी मोर्चाको अडानलाई अनुचित र अनावश्यक भने ।

‘ओलीजीलाई म संसदमा ०४८ सालदेखि नै चिन्छु, उहाँ आफ्नो कुरा प्रष्ट राख्ने र अडानमा अडिने नेता हो’ चौधरीले भने ‘बोल्दा उखान टुक्का प्रयोग गर्ने उहाँको आफ्नै शैली छ, तर उहाँ खराब मान्छे होइन’ ।

चौधरीले झापादेखि कञ्चनपुरसम्मको समथर भूभागलाई मधेस प्रदेश बनाउने र पहाडसँग तराई जोड्न नहुने मधेसी मोर्चाको धारणाप्रति ओलीले व्यक्त गरेको विचार सही रहेको बताए ।

‘समथर भूभागजति सबै मधेस हो भन्ने उहाँहरुको दृष्टिकोण खोटपूर्ण छ, ओलीजीले त्यसैलाई व्यंग्यात्मक ढंगले प्रतिवाद गर्नुभएको हो’ कांग्रेस नेता चौधरीले भने ‘झापा मोरङको कुरा त्यहाँका जनप्रतिनिधिले भन्ने हो, राजेन्द्र महतोले होइन’ ।

चौधरीले तराईमा कम्तिमा ३ प्रदेश हुनुपर्ने र तराई पहाड जोडिएका प्रदेश बनाउनुपर्ने कुरामा ओलीसँग आफूहरुको मत मिलेको बताए । उनले मध्यपहाडी राजमार्ग चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्ने समेत बताए ।

अनलाइनखबरबाट

6 thoughts on “पद्मनारायण चौधरीले भने- ओलीले माफी माग्नु पर्दैन

  1. यो पदम दादालाई ओलीले भेलीको गोली दिएको रहेछ । कि पदम दादाले पहाडीया फदक बुझ्दैन कसो ? पदम दादा ओलीले हाम्रो घर आँगन उजाड पार्दैछ । कति सहेर बस्ने ? ओलीको लोभ लालचमा नबस ! आफ्नो समुदायको पहिचानको लागि कम्मर कस !

  2. पद्म नारायण चौधरी जी, तपाई अन्टसन्ट कुरा न गर्नुस्। तपाईलाई के थाहा छ ओलीको बारेमा? केहि थाहा छैन। तपाई आफै थारु भएर थारुको बारेमा थाहा छैन भने त बाहुनको बारेमा कसरि थाहा भयो? कसरि बाहुनको (ओलीको) नाडि छाम्न सफल हुनु भयो? तपाईलाई काँग्रेसले के दियो? सभासद बनाएर जागिर दियो त्यति न हो। ओलीको विचार भन्दा त संयुक्त मधेसी मोर्चाको विचार सयौं गुणा सहि छ। हामी स्थानीय थारुहरु तराईका जिल्लाहरु सुनसरी, मोरंग र झापा कुनै हालतमा पहाडसंग गाभिएर प्रदेस बन्न दिदैनौं। या त ती जिल्लाका क्षेत्रहरु जहाँ थारुको मेजरिटी (बाहुल्यता) छन्, लाई पार्टिसन गर्छौं। पहाडी बाहुनहरुले सुनसरी, मोरंग र झापाका पहाड लैजाउन्।हामी थारुहरु आफ्नो तराई राख्छौं।

    पद्मनारायण जी, यदि सक्नु हुन्छ भने थारुको आबाज बुलन्द बनाउन साथ दिनुस्,हैन भने थारुको लागि काँडा नबनि दिनुस्। तपाईको यो गतिबिधि रहि रह्यो भने भावि पुस्ताले तपाईलाई श्राप्नेछन्।

  3. पद्म नारायणजी, तपाईको विचार जति यहाँ प्रस्तुत भएको छ त्यति हेर्दा उपयुक्त लागेन । यदि तपाईले भन्नु भएका कुरा यहाँ अपु्रो प्रस्तुत गरिएको छ भने यसलाई स्पष्ट पार्नुहोस् । तपाई थारु समुदायको मान्छ भएको तर थरुहटको बारेमा तपाईको धारणा नआएकोले थरुहटको बारेमा तपाईको धारणा स्पष्ट पार्न आवश्यक छ ।

  4. Tharuko mat paer tharu ko birodh garne ab kahile jitne 6ain yaspali tharule vote dier galti gariko rahe6. yo tharu vann pani nauchaune tharu neta ho. Tharuko hitko lagi kahile nasochne netako agrapantima padamnarayan chaudhary parchh sabailai thaha hos.

Leave a Reply

Your email address will not be published.