इन्दु थारुको किताब ‘निलम्बित निवन्ध’ बिमोचन

थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। राजपाका सांसद लक्ष्मणलाल कर्ण, थरुट नेता लक्ष्मण थारु, सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरी, अभियन्ता सुरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छत्यालगायतद्वारा किताब बिमोचन गरिएको थियो। १२८ पृष्ठको उक्त किताब इन्दु थारुको लेख संग्रह हुन्।

उनी थारु समुदायको समसमायिक विषयको विश्लेषण र अनुसन्धानमूलक लेख रचनाहरु लेख्दै आएकी छन्। किताबको मूल्य २५० रुपैयाँ रहेको छ। लेखक थारुका अनुसार सम्मेलनमा किताब उपलब्ध भएकाले इच्छुकले सचिवालयमा गएर किन्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published.