सपिङ अर्डर पुर्या उन ड्रोन विमान

prime-air_high-resolutionहवाईजहाज भन्नासाथ तपाईं के सम्झनुहुन्छ? सायद आकाशमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान सम्झनुहुन्छ। अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अमेजनले फरक प्रयोजनका लागि विमानको विकास गरिरहेको छ। यो योजना सफल भए अमेजनबाट अनलाइन सपिङ गरेका सामग्री ३० मिनेटभित्र मानवरहित जहाजले घरमै ल्याइपुर्यायउनेछ। विज्ञान कथाजस्तो लाग्ने यस कार्यलाई सफल पार्न अहिले सबै अमेरिकी अनलाइन सपिङ कम्पनी लागिरहेका छन्। मानवरहित यस जहाजलाई प्रविधि विश्लेषकहरूले ‘अक्टोकोप्टर’ नाम दिएका छन्।
डिजिटल व्यापारका बादशाह मानिने अमेजनका सीईओ जेफ बेजोसले हालै यस कुराको पुष्टि गरेका छन्। बेजोसको योजनासँगै अमेरिका र युरोपमा मानवरहित जहाज (ड्रोन) लाई गैरसैनिक मामिलामा उपयोग गर्ने विषयमाथि गम्भीर बहस सुरु भएको छ। अहिलेसम्म ड्रोन विमान सैन्य प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको छ। अमेरिकी सेनाले अफगानिस्तान र पाकिस्तान वरपरका क्षेत्रमा आतंककारीविरुद्ध आक्रमण गर्न ड्रोन विमान प्रयोग गर्छ। मानवरहित ड्रोनको जनस्तरबाट चर्को विरोध हुने गरेको छ। अमेजनको अक्टोकोप्टर योजना सफल भए ड्रोन मानव हत्याको साधनबाट मानव सेवामा खटिने प्रविधिमा रूपान्तरण हुनेछ।
‘ग्राहकबाट अर्डर आएको ३० मिनेटभित्र ड्रोन विमानले ग्राहकको घरमै सामान पुर्या उनेछ,’ बेजोस भन्छन्, ‘अहिलेलाई २ दशमलव ३ किलोग्राम वजन ड्रोनले बोक्नेछ।’ अमेजनले बिक्री गर्ने ८६ प्रतिशत सामग्रीको तौल २ दशमलव ३ केजीभन्दा थोरै छ। ३३ बिलियन अमेरिकी डलर पुँजी भएको अनलाइन सपिङ कम्पनीले ल्याउने तयारी गरेको यो सेवालाई प्राइम एयर भनिएको छ। ‘विमानलाई जीपीएस कोअर्डिनेटअनुसार निर्देश दिइनेछ,’ बेजोस भन्छन्, ‘त्यसपछि यो सामान लिएर उड्छ र तोकिएको जीपीएस कोअर्डिनेटमा पुग्छ।’
अमेजन डट कम सियाटल र वासिङ्टनमा मुख्यालय भएको विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बिक्रेता हो। डीभीडी, एमपीथ्री डाउनलोड, स्ट्रिमिङ सफ्टवेयर, भिडियो गेम्सजस्ता इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अमेजनले किन्डल ई–बुक रिडर र किन्डल फायर ट्याब्लेट कम्प्युटर पनि उत्पादन गरेको छ। यसका साथै क्लाउड कम्प्युटिङ सेवा उसको मुख्य आम्दानी स्रोत हो। कम्पनीमा १ लाख ९ हजार कर्मचारी छन्। उसले सन् २०१२ मा ६१ बिलियन डलरको कारोबार गरेको थियो। कम्पनी अध्यक्ष एवम् सीईओ बेजोसले यसै वर्ष संकटमा पर्दै गएको प्रतिष्ठित पत्रिका वासिङ्टन पोस्ट किनेका थिए।
गत वर्षदेखि सञ्चालन नाफा र खुद नाफा दुवै गुमाउँदै गएको अमेजनलाई नयाँ गति आवश्यक परेको बेला उसले यो महŒवाकांक्षी योजना अघि सारेको हो। रेभिन्यू र कुल पुँजी बढाए पनि कम्पनीले सन् २०१२ मा ३९ मिलियन डलर घाटा बेहोरेको थियो। कम्पनीले आफ्नो क्षमता सुधारका अन्य कामलाई पनि तीव्रता दिइरहेको छ। यसै साता साइटमा अपलोड गरिएको भिडियोमा कम्पनीमार्फत अर्डर गरिएकोे सामान ड्रोन विमानले ग्राहकको ढोकैमा पुर्यासएको देखाइएको छ।
नागरिक उपयोगका लागि ड्रोन विमान अहिले नै सञ्चालनमा आइहाल्ने भने होइन। ‘पाँच वर्षभित्र हामी सबै परीक्षण पूरा गरेर सञ्चालन ल्याउँछौँ,’ बेजोस भन्छन्। यसलाई प्रयोगमा ल्याउनुअघि अमेरिकी सरकारले अनुमति दिनुपर्ने हुन्छ। अमेजनले अमेरिकी संघीय उड्डयन प्राधिकरण (एफएए) समक्ष नागरिक प्रयोजनका लागि ड्रोन सञ्चालनको अनुमति मागिसकेको छ। अहिलेसम्म अमेरिकी सरकारले नागरिक उपयोगका लागि ड्रोन प्रयोग गर्ने अनुमति दिएको छैन। एफएएले प्रहरी, सेना र अन्य सरकारी निकायलाई मात्र ड्रोन अनुमित दिँदै आएको छ। पछिल्ला वर्षमा प्राधिकरणले यस्ता १४ सय अनुमति प्रदान गरेको थियो। अमेरिकाले सन् २०१५ सम्ममा नागरिक उड्डयनका सबै क्षेत्रमा ड्रोनको अनुमति खुला गर्ने चर्चा भइरहेको अवस्थामा अमेजनको अक्टोकोप्टर उड्ने सम्भावना धेरै छ। नियम परिवर्तनको कामलाई चुस्त गतिमा अघि बढाए युरोपले पनि सन् २०१६ सम्ममा ड्रोनलाई अुनमति दिन सक्छ।
मान्छेसँग ठोक्किन्छ?
विश्वका सबै देशका नागरिक उड्डयन कानुनले आकाशमा उड्ने विमानले जमिनका मान्छेलाई कमभन्दा कम जोखिम पार्नुपर्ने व्यवस्था गरेका छन्। तर, ड्रोन विमानलाई आफ्नो वातावरणको जानकारी हुँदैन। जनघनत्व बढी भएका शहरमा मान्छेसँग ठोक्किने खतरा रहने ड्रोन विशेषज्ञहरूको बुझाइ छ। ‘मान्छेको घरसम्म सामान पुर्या्उन ड्रोनको प्रयोग खतरनाक साबित हुन सक्छ,’ ड्रोन विशेषज्ञ ड्यारन एसल भन्छन्, ‘धेरै जनघनत्व भएको ठाउँमा उड्नु कानुनविपरीत पनि हुन्छ।’ अमेजनले भने कानुन परिवर्तनीय विषय भएको बताउँदै आएको छ। ‘प्राविधिक दृष्टिले हेर्दा कानुनहरू तत्कालै बदलिन सकिने विषय हुन्,’ अमेजनले भनेको छ, ‘जति छिटो कानुनमा परिवर्तन हुन्छ, त्यति छिटो हामी प्राइम एयर सेवा सुरु गर्नेछौँ।
यसअघि अस्ट्रेलियाको पुस्तक भाडामा दिने कम्पनी जुकालले सुरक्षा अधिकारीले अनुमति दिएमा सन् २०१५ भित्र पुस्तक पुर्यालउन ड्रोनको प्रयोग गर्ने घोषणा गरेको थियो। अस्ट्रेलियाली कानुनले मानवरहित विमानलाई व्यावसायिक प्रयोगमा ल्याउने बाटो खुला गरिसकेको छ। ‘कुनै दिन अमेजनको प्राइम एयरका हवाइ सवारी साधन अहिले सडकमा गुड्ने डाक सेवाका गाडीजस्तै सामान्य लाग्ने गरी उड्नेछन्,’ बेजोस भन्छन्।

Leave a Reply

Your email address will not be published.