भरतको ह्‍याट्रिकसँगै आर्मी विजयी

काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ। सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबका भरत खवासको ह्याट्रिकले एपीएफलाई ५–० गोल अन्तरमा हराएको हो।

खेलको तेस्रो मिनेटबाट गोलको खाता खोल्न सुरु गरेका भरत खवासले खेलको १६औं र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। थप गोल टंक बस्नेत र नवयुग श्रेष्ठले गरे। आजको जितसँगै आर्मीको ७ खेलमा ३ जित २ बराबरी र २ हारका साथ ११ अंक लिएर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। यता आजको पराजयसँगै समान ७ खेलमा ३ जित र ४ हारका साथ सशस्त्र प्रहरीको एपीएफ क्लब ९ अंकका साथ अंक तालिकाको सातौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published.