खैरहनीमा कृषकका लागि नयाँ कार्यक्रम ल्याउँछौं : मेयर लालमणि चौधरी

अबको पाँच वर्षभित्र खैरहनी नगरपालिका भित्रका सम्पूर्ण कृषकहरुको अर्थिक उन्नतिका लागि खैरहनी नगरपालिकाले कृषिमा प्राविधिकरण र व्यावसायिकीकरण गर्नका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने कुरा खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । थारु कल्याणकारिणी सभा चितवनको खैरहनी क्षेत्रले आयोजना गरेको पाँचौ खिचरा महोत्सवको प्रतियोगितात्मक कृषि प्रदर्शनीमा कृषकहरुलाई पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा महोत्सव स्थलमा आएका मेयर चौधरीले उक्त कुरा बताएका हुन् । अन्य पेशाभन्दा कृषि पेशा सम्मानजनक पेशा भएकोले यसलाई समयसापेक्ष आधुनिकीकरण गर्दै आत्मसम्मानका साथ अगाडि बढ्न कृषकहरुलाई मेयर चौधरीले सुझाव दिए । कार्यक्रममा विभिन्न २० वटा कृषि उपजहरुका बिजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरियो ।
सोही अवसरमा प्रतियोगितात्मक थारु साँस्कृतिक हस्तकला प्रदर्शनीको पुरस्कार समेत वितरण भयो । प्रतियोगितामा सहभागी भएका हस्तकलाहरुलाई विभिन्न ६ वटा समूहमा विभाजन गरी प्रथम, द्वितीय, तृतीय र शान्तवना पुरस्कार प्रदान गरियो ।
पाँचौ खिचरा महोत्सवबाट समाजसेवी मुरली प्रसाद गजुरेलद्वारा स्थापित खैरहनी मावि जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षय कोषलाई ११ हजार १११ रुपैयाँ नगद सहयोग गरिएको छ ।

प्रतियोगितात्मक कृषि प्रदर्शनीका संयोजक जंगीराम चौधरीको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रतियोगितात्मक हस्तकला प्रदर्शनीका संयोजक राजकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । आज भएको स्टेज कार्यक्रम प्राश्ना शाक्य, संजय चौधरी, नवराज श्रेष्ठले, रोशन रत्गैंयाले दर्शकहरुलाई नचाए ।

भोलि अन्तिम दिनमा चर्चित गायक पशुपति शर्मा, दुर्गा सापकोटा, अञ्जु कुश्मी, राज कुश्मी, लगायत आकर्षण रहने साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.