मिस्टर नेपालको उपाधि सन्दीप धिरेले जिते पनि थारु समुदायबाट प्रतिनिधित्व गरेका दाङ निवासी दोशहरण चौधरीले उत्कृष्ट प्रदर्शन गरेका छन्। ३७ प्रतिस्पर्धीलाई उछिन्दै उनी अन्तिम १० मा पर्न सफल भए। ‘पैसा र नाममा कुन छान्नुहुन्छ’ भन्ने प्रश्नको सुन्दर जवाफसँगै उनी टप १० मा पर्न सफल भएका थिए। मल्टिमिडियातर्फको अवार्ड जितेका उनले थारु पहिरनमा सजिएर र्याम्पमा हिँडे। हेरौं मिस्टर नेपालमा उनको प्रदर्शन।
धन्यबाद बन्धु मित्र दोषहरण चौधरी। प्रस्तुती अद्भूत थियो। मिस्टर नेपाल उपाधि त एकजनाले पाउने हो। ३६ जनाले “मिस्टर नेपाल” गुमाएका होइनन। तिनिहरुले त १ लाई त्यो हासिल गर्ने मौका दिएका हुन्। त्यो उपाधि पालेपालो सबैको हातमा आउनेछन् एक दिन। मन र संकल्पलाई दृढ राख्नु होला। पृथ्वी गोलाकार छ। बधाई तथा शुभकामना (सफलताको धेरै कदमहरु पार गरेकोमा)
la badhai chha, agrim shubhkamana.