भारतीय ट्रकले ठक्कर दिँदा म्यादी प्रहरी चौधरीको मृत्यु

शिव थारु/रुपन्देही।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा रोहिणी गाउँपालिका–२ श्रीनगरका महेन्द्र चौधरी छन् भने सोही गाउँका संगम चौधरी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका संगम चौधरीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

आइतबार बिहानै भैरहवा परासी सडकखण्डको लक्ष्मीनगरमा यु.पी. ५३ डि.टी. ९०५४ नम्बरको भारतीय मिनी ट्रकले लु २० प ५२९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो  ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.