मिस एन्ड मिस्टर थारुको अन्तिम प्रतिस्पर्धा सोमबार हुँदै, वर्षा लेखीले क्राउन पहिर्‍याउने

मिस्टर एण्ड मिस थारु २०१७ को अन्तिम प्रतिस्पर्धा सोमबार हुने भएको छ। आयोजक थारु अनलाइन मिडियाका अनुसार सोमबार दिउसो २ बजेदेखि नाचघरमा अन्तिम प्रतिस्पर्धा हुनेछ।
कार्यक्रममा मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंह, मिस नेपाल बब्ली २०१५ की निश्मा चौधरी, मिस एशिया नेपाल की कुषा गिरी, मिस एरोमा चितवनकी इशा प्रधान र थारु फिल्मस् प्रोडक्सनका प्रबन्ध निर्देशक रामलाल चौधरी निर्णायक रहनेछन्।

पहिलो मिस थारुलाई गत वषको मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले क्राउन पहिर्‍याइदिने आयोजकले जनाएको छ।

२१ जना पुरुष र २७ जना महिला सहभागी हुने प्रतिस्पर्धाका लागि निश्मा चौधरीले एक महिने प्रशिक्षण दिएको आयोजकले जनाएको छ। अन्तिम प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु थारु पहिचानमा प्रस्तुत हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published.