रुपाको आफ्नै कथा बोकेको ‘लेख्दैछु म आफ्नै कहानी’ गीत सार्वजनिक

रुपा रौतार थारुको आफ्नै जीवनमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। सरला गाहाको शब्द र सुरेश सेन्चुरीको संगीतमा रुपा रौतारको आफ्नै स्वर रहेको ‘लेख्दैछु म आफ्नै कहानी’ सार्वजनिक भएको हो।

‘हिम्मत भाकी छोरी’ एल्बमा समावेश यो गीतको म्युजिक भिडियोमा रुपाले भोगेको कथा समावेश गरिएको छ। सानै उमेरमा दुई हात गुमाउँदा भोग्नुपरेको पीडा भिडियोमा देखाइएको छ। यम पुनको निर्देशन रहेको भिडियो हेर्नुस्। भिडियो रुपाले संगीत सिकेको बागेश्वरी संगीतालयले निर्माण गरेको हो।

यो पनि पढ्नुस् : रुपा रौतार थारुको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.