थारु महिला उत्थान केन्द्रकी प्रिज्मा सिंह थारु एनपिस अवार्डमा छनौट

एनपिस अवार्डमा यसवर्ष पनि थारु समुदायबाट एक जना महिला अन्तिम छनौटमा परेकी छन्। अन्य ८ जना नेपालीसहित बर्दियाकी प्रिज्मा सिंह थारु अन्तिम छनौटमा परेकी हुन्। उनी थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक हुन्।
बर्दियाको दुर्गम गाउँमा जम्निएकी उनी थारु महिलालाई उद्यमसिल बनाउनुका साथै उनीहरुको उत्थानमा लागिपरेकी छन्। उनले यो संस्थामार्फत् महिलाहरुको शिक्षा र स्वतन्त्रताका विषयमा पनि आवाज उठाउँदै आएका छन्। त्यही कारणले पनि उनी एनपिस अर्वडको अन्तिम नामावलीमा परेको आयोजकले जनाएको छ। प्रिज्मा आबद्ध संस्थाले ३० हजार बढी गृहणी थारु महिलाहरुलाई आर्थिक उपार्जनमा सहयोग पुर्या उँदै आएको छ।
यसअघि कमैया कमलरी अभियन्ता कैलालीका कौशिला चौधरी र वसन्ती चौधरी यो अवार्डबाट सम्मानित भइसकेका छन्।

यो पनि पढ्नुस्: 

वसन्ती चौधरीले जितिन् अन्तर्राष्ट्रिय अवार्ड

पूर्वकमलरी कौशिला चौधरीले जितिन् विश्व शान्ति पुरस्कार

Leave a Reply

Your email address will not be published.