छायाँकनमा सधैं अब्बल हरिनारायण चौधरी

गर्दै गएपछि असम्भव चीज यो संसारमा केही छैन। जुन कुरा सिनेमेटोग्राफर हरिनारायण चौधरीले प्रमाणित गरेका छन्। यो विषयमा कुनै औपचारिक शिक्षा नलिएपनि अहिले चल्तीका क्यामेरा चलाउने दक्षता उनले हासिल गरेका छन्। गर्दै गएसी सबै सिकिने उनको धारणा छ। मेहनत र लगन भने भने निरन्तर गर्नुपर्ने उनले बताए।

चौधरीद्वारा छाँयाकन गरिएको फिल्म गोरे अहिले देशभरिका हलहरुमा चलिरहेको छ। यो उनले खिचेको पछिल्लो फिल्म हुन्। यसअघि उनले ५० वटाभन्दा बढी नेपाली फिलिमहरु खिचेका छन्। जसमा सञ्जोग, तिम्रो कसम, लभ इन क्राइम, जुनी, धर्तीपुत्र, रोमाञ्स, रथ, उहिलेको बाजेको पालामा, स्टुडेन्ट लाइफ, कसले बनायो माया, आदि हुन्।

चौधरीले म्युजिक भिडियोको त कुनै गन्ती नै  नभएको बताए। तैपनि उनले कम्तीमा पनि ३ हजार म्युजिक भिडियो खिचेको बताए। उनले टेलिसिरियलहरु पनि खिच्दै आएका छन्।

पछिल्लो समय उनी थारु भाषाको फिल्मको निर्माण पनि गरेका छन्। संघर्ष जिन्गीके नामक फिल्मको कथा पनि उनैले लेखेका हुन्। गत वर्ष सार्वजनिक गरिएको भौँरामा उनले क्यामेरा चलाएका थिए। त्यस्तै रिलज भइनसकेको तु मिलगैलोमा पनि उनले क्यामेरा घुमाएका छन्।

‘प्राविधिक काम पढेरभन्दा गरेर धेरै सिकिने रहेछ। मैले त्यही गरेर सिकेको हुँ। गर्दै गएसी नयाँ प्रविधियुक्त क्यामेरा पनि चलाउन सकिन्छन्,’ उनले भने। उनले रेड प्रोलगायतका क्यामेराबाट फिल्म खिच्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published.