यी हुन् कांग्रेसका थारु उम्मेदवार (२२ जनाको सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनावका लागि तयार पारेको अन्तिम सूचीमा नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारसहित गोपाल दहित र रामजनम चौधरी परेका छन्। माग गरेको योगेन्द्र चौधरी र जनकराज चौधरी भने प्रदेशसभामा झरेका छन्।

सूचीअनुसार गच्छदार सुनसरी-३, दहित बर्दिया २ र रामजनम चौधरी कैलाली ३ बाट उम्मेदवारी दिँदैछन्। योगेन्द्र चौधरी भने दाङ २ख र जनकराज चौधरी कैलाली १क बाट उम्मेदवारी दिँदैछन्।

त्यस्तै कांग्रेसभित्रका हेभीवेट थारु नेताहरु सुरेन्द्रप्रसाद चौधरी पर्सा ३, उमाकान्त चौधरी बारा १, सप्तरी ४ बाट तेजुलाल चौधरी, दाङ १ मा सुशीला चौधरी उम्मेदवारी दिँदैछन्।

प्रदेशसभातिर भने मोरक ४क बाट मुक्तिनाथ माझी थारु, पर्सा ४क बाट शंकरप्रसाद चौधरी, रौतहट १ख बाट राजेशकुमार चौधरी, चितवन ३ख बाट सजन महतो, दाङ ३क बाट डिल्लीबहादुर चौधरी, बाँके ३क बाट चन्तराम चौधरी, बर्दिया १ख बाट मंगलप्रसाद थारु, बर्दिया २ख बाट नाचुराम चौधरी, कैलाली ३क बाट पुरनप्रसाद चौधरी, कैलाली ४क बाट यज्ञराज चौधरी, कैलाली ५ख बाट जीवन राना, कञ्चनपुर १ख बाट रामलाल राना र कञ्चनपुर ३खबाट बेलबहादुर रानाले उम्मेदवारी दिँदैछन्।

यसअघि कांग्रेसले २४ जना थारुलाई समानुपातिक सूचीमा राखेको छ। जसमा पद्मनारायण चौधरीलगायत थारु नेताहरु छन्।

Leave a Reply

Your email address will not be published.