‘कल्याणी’द्वारा बाढीपिडितलाई एक लाखको सामान सहयोग

Help Flooding-2

काठमाडौं- थारु युवाहरुले सञ्चलन गरेको ‘राहत संकलन अभियान’मा ‘कल्याणी’नामक संस्थाले एक लाख बराबरको सामान हस्तान्तरण गरेको छ। कल्याणीका आदिती शर्मा र नेहा मान्नधर र अलिसा श्रेष्ठले बिहीबार राहत संकलन अभियानका अभियानकर्ता मदन चौधरीलाई सामान हस्तान्तरण गरेका हुन्। कल्याणीले चाउचाउ, विस्कुट, कपडा, ब्लाङ्केट, जीवनजल, पानी शुद्धीकरण गर्ने पियुसको झोल, जुत्ता, बाल्टिनलगायतका सामान हस्तान्तरण गरेको हो। कल्याणीले नगद पाँच हजारसमेत सहयोग गरेको छ।

कल्याणीको तर्फबाट ८८ हजार पाँच सय र काठमाडौं कलेज अफ म्यानेजमेन्ट (सोसल वेलफायर क्लब)को तर्फबाट ११ हजार पाँच सय गरी कूल एक लाख बराबरको सामान वितरण गरिएको हो। महिलाको क्षेत्रमा काम गर्दै आएको कल्याणीले बाढी पीडितका लागि राहतस्वरुप सो सामान उपलब्ध गराएको हो। संस्थाका अध्यक्ष शर्माले बाढी पीडितहरुलाई केहीमात्रमा भए पनि राहत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्य्ले राहत हस्तान्तरण गरेको बताइन्।

Help Flooding

आजै थारु इन्जिनियर एसोसियसनका पदधिकारीले २४ हजार ५ रुपियाँ राहत संकलन अभियानका युवाहरुलाई हस्तान्तरण गरेका छन्। नाइटिङ्गेल स्कुलमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष विद्यानन्द चौधरी र सदस्य उमेश चौधरीले नगद र जिन्दी सामान हस्तान्तरण गरेका हुन्।

थारु युवाहरुले पहिलो लटमा बाँके र बर्दियामा राहत वितरण गर्ने अभियानका संयोजक सीतारम चौधरीले बताए। उनले कतिपय ठाउँमा विस्थापितहरुलाई सरकारले अझै राहत वितरण गर्न नसकेको बताए। ‘त्यसैले ती क्षेत्रमा हामीले संकलन गरेको राहत वितरण गर्नेछौं,’ उनले भने।

राहत संकलन अभियानमा हालसम्म एक लाख नगद उठिसकेको अभियानकर्ता मदन चौधरीले बताए। उनका अनुसार देश विदेशमा रहेका नेपालीहरुले राहत संकलनमा सहयोग गरेका छन्। अष्ट्रेलिया, बेल्जियम, साउदी अरबलगायतका देशबाट सहयोग आउनेक्रम जारी रहेको मदनले बताए। पहिलो लटमा बाँके र बर्दियाका विस्थापित क्षेत्रमा गइ राहत वितरण गरिने अभियानकर्ता चौधरीले बताए।

विस्तृत विवरण हेर्नुस्:

Leave a Reply

Your email address will not be published.