बाम गठबन्धन : एमालेबाट ६ र माओवादीबाट ३ जना थरु उम्मेदवार (सूचीसहित)

नेकपा एमालेको तर्फबाट ६ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिँदैछन्। भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दिँदैछन्। यो क्षेत्रबाट कांग्रेसबाट विजयकुमार गच्छदार उठ्दैछन्। यी दुईबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

त्यस्तै उदयपुर १ बाट मञ्जु चौधरीले उम्मेदवारी दिँदैछन्। सप्तरी ३ बाट ताराकान्त चौधरी र बारा ४ बाट देवनारायण चौधरीले उम्मेदवारी दिँदैछन्।
त्यस्तै दाङ १ बाट मेटमणि चौधरी र कैलाली ५ बाट नारदमणि चौधरीले उम्मेदवारी दिँदैछन्। कैलाली ५ बाट कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीक आरजु राणाले उम्मेदवारी दिँदैछन्।

बाम गठबन्धनको अर्का दल एमाओवादीबाट भने बर्दिया २ मा सन्तकुमार थारु र कैलाली ३ मा गौरीशंकर चौधरी र माेरङ ४ बाट अमनलाल माेदीले उम्मेदवारी दिँदैछन्।

गंगा सत्गौंवा चौधरीको नाम एमालेको समानुपातिक सूचीमा

Leave a Reply

Your email address will not be published.