राजकुमार लेखी प्रदेशसभामा उठ्दै, सप्तरी १’क’ बाट उम्मेदवारी दिँदै

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी प्रदेशसभाका लागि टिकट पाएका छन्। उनले प्रदेश नम्बर २ सप्तरीको क्षेत्र नम्बर १ ‘क’ बाट चुनावमा लड्ने भएका छन्। यसअघि उनले सप्तरी १ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको दाबी गरेका थिए। फोरमसँगको तालमेलले १ क्षेत्र नम्बर उपेन्द्र यादवले लिएपछि लेखी कबाट उठ्न लागेका हुन्।

सोही क्षेत्रमा बाम गठबन्धनबाट एमाले स्थायी कमिटी सदस्य तथा पूर्व खेलकुद मन्त्री सत्यनारायण भण्डल उम्मेदवार छन्। यी दुईबीच कडा टक्कर हुने बताइएको छ।

लेखी राजनीतिक करियर सुरु गरेको ३४ वर्षपछि पहिलोपटक चुनावमा भिड्न लागेका हुन्। नेकपा एमालेबाट राजनीतिक करियर सुरु गरेका उनी थारु कल्याणकारिणी सभाको महामन्त्री, आदिवासी जनजाति महासंघका अध्यक्ष र आफ्नै नेतृत्वको दुई वटा पार्टीको नेतृत्व गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published.