माओवादीका चार केन्द्रीय नेताले भने- ‘एमालेसँगको तालमेल अमान्य’

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय आफूहरुलाई मान्य नहुने भन्दै सचिवालय सदस्यहरु मातृका यादव, प्रभु शाह, मणि थापा र गोपाल किरातीले नोट अफ डिसेन्ट लेखेका हुन्। यी चारै नेताले एमालेसँग समबन्ध बढाउन नहुने पार्टी अध्यक्षलाई सुझाएका थिए।

पार्टी सचिवालय सदस्य मणि थापाले पार्टीले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए। उनले माओवादीले बोकेको सिद्धान्त र जनयुद्धको मनोभावनालाई मार्न नहुने बताएका थिए। ‘हामीले पार्टीको दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ न कि कुनै पार्टीसँग तालमेल गरेर। यसले जनयुद्धको मनोभावनालाई ठेस पुर्‍याउँछ,’ उनले भने।

पार्टी एकीकरणको लक्ष्यसहित सोमबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमालेसँग तालमेल गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published.