संविधान सभाको निर्वाचन पहिलो प्राथमिकता

Surendra Chaudharyवीरगन्ज- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनका लागि संविधान सभाको निर्वाचनलाई नेपाली कांग्रेसले पहिलो प्राथमिकता दिएको बताएका छन्। नेपाली कांग्रेस नगर कार्यसमिति वीरगन्जद्वारा आयोजित दुई दिने “नगरस्तरीय आधारभूत प्रशिक्षण कार्यक्रम” को समापन अवसरमा बोल्दै नेता चौधरीले नेपालमा सर्वसत्तावाद लाद्न कसैले सोचेको छ भने त्यो उसको दिवास्वप्नमात्रै हुने बताए। 
नेपाली कांग्रेसका पूर्व सभापतिद्वय अजयकुमार द्विवेदी र राजेन्द्रबहादुर अमात्यले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि निर्वाचन चाहिएको बताउँदै राजनीतिक दलहरूबीच सहमति हुन नसकेपछि बाध्यतावश प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन लागिएको बताए।
नगरसभापति मोहम्मद साहबुद्दिनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रामनारायण कुर्मीले विद्यमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पारे।

Leave a Reply

Your email address will not be published.