प्रधानमन्त्री भट्टराईको गाडीमा ढुंगा प्रहार

कैलाली- कैलाली जिल्ला सम्मेलन उद्‍घाटन गर्न आएका प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी दलका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी कालो झण्डा देखाएका छन्। नेविसंघले धनगढी बन्दको आह्वान गरेको छ। कैलाली जिल्ला सम्मेलन उद्‌घाटन गर्न प्रधानमन्त्री भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु हेलिकोप्टरबाट कैलाली आएका छन्। प्रधानमन्त्री आगमनको विरोधमा नेविसंघले २ देखि ४ बजेसम्म बन्द आह्वान गरेको हो।
एमाओवादीको जिल्ला अधिवेशन रंगशालाको कभर्ड हलमा उद्‌घाटन गर्ने कार्यक्रम छ। सरकारविरुद्ध आन्दोलन घोषणा गरेका विपक्षी दलहरुले अन्य ठाउँहरुमा जस्तै धनगढीमा पनि विरोध गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published.