वाणगङ्गाका मेयर उम्मेदवार मङ्गलप्रसाद थारुको घरअगाडि बम फेला

नेपाली कांग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ। बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए। बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ।

तर्साउने उद्देश्यले बम राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए। यसअघि नेपाली काँग्रेसका उम्मेदवारले असार ४ गते मनोनयन दर्ता गर्न जाँदा गजेहडामा भएको बम बिस्फोटनमा परी करिब १२ जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published.