जनलहर आफ्नो पक्षमा रहेको लक्ष्मण थारुको दाबी

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण पत्रमा उललेख गरेको बताए ।

उनले आफ्नो चुनावी एजेण्डा प्रदेश नम्बर सातको प्रादेशिक राजधानी धनगढी बनाउने, भ्रष्टाचार अन्त्यगरि यूवा अभियान चलाउने र विकास समृद्धि, शान्ति सदभाव, रोजगारीको अवसर घरघरमा पुर्याउने, राज्यसंग पाउनु पर्ने स्रोत साधान जनताको घरमा पु्याउने प्रतिबद्धता जनाएका छन् ।

वर्गीय संघर्ष, दासत्वविरुद्धमा आफूले १० बर्ष सम्म आन्दोलनमै होमिएकोले आदीबासी जनजाती, दलित, मुस्लिम, पिछडा वर्ग, सिमान्तकृत वर्ग, खस आर्य र थरुहटको मुद्दा कहिल्यै नछोड्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका थारुले कैलालीको क्षेत्र नम्बर पाँचमा नेपाली काँग्रेसका उम्मेदवार आरजु राणा देउवासंग आफ्नो प्रतिस्पर्धा रहेको बताए ।

छाता चिन्ह लिएर चुनाव लड्दै गरेका थारु आश्वासन र पैसाको भरमा चुनाव जित्ने जवाना उल्ताई नयाँ ईतिहास रच्ने बताए । २७ महिनादेखि अनुसन्धानको घेरामा रहेर राजबन्दी जीवन विताउदै आएका लक्ष्मण थारु कैलाली कारागारमै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
उनले पैसासंग मतदाता किन्ने दिन हराई सकेको बताउदै उम्मेदवारको नाताले खुल्ला रुपमा प्रचारप्रसार गर्न नपाएको पीडा सुनाए ।
‘उहिलेको जवानामा जनता अशिक्षित थिए, उनीहरुमा चेतनाको कमी थियो, तर अहिले पैसासंग मतदाताको भोट किनेर जित्ने सफना देखनु भ्रम मात्र हो,’ थारुले भने ।

चुनाव जित्नको लागि यो गर्छु, त्यो गर्छु भन्दा पनि जनताको मन जितेर चुनाव जित्ने बेला आएको उनको भनाई थियो । उनले आफू निर्दोष भएरपनि राजबन्दीको रुपमा मानसिक पीडादायी जीवन विताउन बाध्य रहेको बताउदै चुनावी प्रचारप्रसारमा कुनै कमी नरहेको जानकारी दिए ।

उनले विहान दैनिक ९ बजेदेखि साँझ ४ बजेसम्म कारागार भित्रैबाट टेलीफोनको प्रयोग गरि प्रचार प्रसारमा व्यस्त रहेको बताए । आफूलाई जिताउन जनता उत्साहित बनेको बताउदै धनगढी, उर्मा, फुलवारी गदरिया लगायत ठाँउबाट अफनो पक्षमा जनलहर छाएको बताए । उनले आफ्नो पक्षमा २७ ओटा प्रचारप्रसार समिति बनेर दैनिक प्रचारमा खतेको जानकारी दिए ।

प्रचारप्रसारमा प्रशासनबाट कुनै रोक नरहेको बताउदै लक्ष्मण थारुले जनताको माया र सहयोग पाएर आफू खुशी रहेको बताए । उनले १५ दिनमा २ हजारभन्दा बढीसंग कारागारमै भेटवार्ता गरिसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.