थारु विद्यार्थी समाजले राजधानीबासी विद्यार्थीलाई प्रशिक्षण दिने

Tharu Students

थारु विद्यार्थी समाजले चैत २५ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। राजधानीबासी विद्यार्थीहरुलाई तीन जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने तयारी रहेको थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसादले जानकारी दिए।

तीनकुनेस्थित भिएस निकेतनमा आयोजना हुने कार्यक्रममा शिक्षाविद डा. विद्यानाथ कोइराला, अधिकारकर्मी भीम राई र थरुहट अभियन्ता मिनराज थारुले प्रशिक्षण दिने कार्यक्रम छ।

प्रशिक्षण कार्यक्रममा नयां संविधान कार्यान्वयन र थारु आदिबासी जनजातिको सवाल, शिक्षा नीति, थरुहट आन्दोलन र त्यसको उपलब्धी र भावी योजनाबारे प्रशिक्षण दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published.