यी हुन् दाङका थारु उम्मेदवार, जो थारु उम्मेदवारसँगै भिड्दैछन्

सन्तोष दहितर/दाङ।

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिदै गर्दा दाङमा पनि चुनावी चहलपहल सुरु भएको छ। खासगरी थारु समुदायको बाहुल्य रहेको जिल्लाको रुपमा चिनिएको दाङमा कुन–कुन पार्टीबाट को–को थारु नेताहरु उठ्दैछन् भन्ने सबैको चासोको विषय बनेको छ।

कूल मतदाता संख्याको ४० प्रतिशत थारु समुदायको मतदाता भएकाले पनि आफ्नो जीत सुनिश्ताको लागि यहाँका मुख्य पार्टीहरुले थारु उम्मेदवारलाई प्राथमिक्ता दिएका छन्। दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकासहित १० स्थानीयत तह रहेको छ। यी दश वटै तहबाट एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसेको छ भने नेपाली कांग्रेसले अझै टुंगो लगाउन सकेको छैन।

जिल्लामा सबैको चासोको रुपमा हेरिएको घोराही उपमहनागरपालिकाको प्रमुखसहित एक गाउँपालिकाको प्रमुख र दुई गाउँपालिकाको उपप्रमुख र धेरैको संख्यामा वडा प्रमुखमा एमालेले थारुलाई उठाएको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले घोराही उपमहानगरपालिकाको उपप्रमुख, लमही नगरपालिकाको उपप्रमुखसहित दुई गाउँपालिकाको प्रमुख र एक गाउँपालिकाको उपप्रमुखमा उठएको छ भने सबैभन्दा ठूलो दलले अझैसम्म कुनै पनि तहको प्रमुखमा थारुलाई उम्मेदवार बनाउन सकेको छैन।

नेकपा एमालेले घोराही उपमहानगरपालिकाको मेयरमा पार्टीको पूर्व जिल्ला अध्यक्ष नरुलाल चौधरी उठाएको छ। त्यसैगरी दंगीशरण गाउँपालिकाको अध्यक्षमा भागिराम चौधरी र गढवा गाउँपालिकाको उपाध्यक्षमा शान्ति चौधरी उठाएको छ। पार्टीका अध्यक्ष टीकाराम खड्काले तुलसीपुर उपमहनागरपालिका, घोराही उपमहनागरपालिका र अन्य गाउँपालिकामा पनि अरु पार्टीभन्दा धेरै वडामा थारुहरुलाई प्रमुख पदमा उम्मेदवार बनाएको जानकारी दिए।

नेकपा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको उपमेयरमा सीता चौधरी, लमही नगरपालिकाको उपमेयरमा कालुराम चौधरी, दंगिशरण गाउँपालिकामाको अध्यक्षमा होरीलाल चौधरी ‘ब्रज’, राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी, गढवा गाउँपालिकाको उपाध्यक्षमा रमा चौधरीलाई उठाएको नेकपा माओवादी केन्द्रका दाङका सहइन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिए । डायमण्डले थारुको बाहुल्य रहेको वडामा पनि वडा प्रमुखमा थारु उम्मेदवार बनाएको बताए।

त्यसैगरी संघीय समाजबादी फोरम नेपाल तर्फबाट केन्द्रीय परिषद सदस्य प्रकाश कुमार चौधरी लमही नगर पालिकाको मेयरम उठाएको सघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.