कैलालीका थारु उम्मेदवारको मुख्य एजेण्डा संघीयता

kailali tharu candidatesकैलाली- जातीय पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नै मुख्य एजेन्डा हो। गरिब पक्षधरको वर्गीय पार्टी भएकाले थारू समुदाय र पहाडी दुवै समुदायको मत मैले पाउने भएकाले जित सुनिश्चित छ। मुक्त कमैया, सुकमबासी सबैले मत दिन्छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ।

फूलराम चौधरी, क्षेत्र १, एकीकृत माओवादी

उत्पीडित जाति, क्षेत्र, लिंगको अधिकार सुनिश्चित हुने गरी संविधान सभाबाट संबिधान बनाउने हो। पछाडि परेका वर्गलाई अधिकार दिन सकेमात्र विकास हुन सक्छ। संविधान बनाएपछि विकास निर्माणका काम गर्नुपर्छ। मेरो पार्टीका पूरै कार्यकर्ता परिचालन भएर जनताको घरघरमा गएकाले मेरो जित सुनिश्चित छ। मेरो प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ।

शेरबहादुर चौधरी, क्षेत्र ३, एकीकृत माओवादी

यो क्षेत्र विकासका दृष्टिले निकै पछाडि छ। यसअघि चुनाव जित्नेहरूले यसमा ध्यान दिन सकेनन्। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सकुम्बासी, मुक्त कमैयाको व्यवस्थापनजस्ता समस्या समाधान गर्ने मेरा एजेन्डा हुन्। विकासको मुद्दा उठाएकाले जनताले मिलाई जिताउँछन्। मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो।

चन्द्रिकाप्रसाद चौधरी, क्षेत्र ३, नेकपा एमाले

पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान पार्टीको मुख्य एजेन्डा हो। क्रान्तिकारी भूमिसुधार लागू गरी जमिनमा हदबन्दी कायम गर्नुपर्छ र भूमिहीनलाई जमिन दिनुपर्छ भन्ने पक्षमा छु। चुरे क्षेत्र, बसन्ता करिडोर संरक्षण, घोडाघोडी ताललाई पर्यटकीयस्थल बनाउनु छ। बाटोघाटो, पुलपुलेसा, बिजुलीलगायत विकासका पूर्वाधार निर्माणमा काम गर्छु। विनाधितो ऋण उपलब्ध गराएर स्वरोजगारी सिर्जना गर्नुपर्छ।

गौरीशंकर चौधरी, क्षेत्र ४, एकीकृत माओवादी

कैलालीका थारु उम्मेदवारको मुख्य एजेण्डा संघीयता

कैलालीजातीय पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नै मुख्य एजेन्डा हो। गरिब पक्षधरको वर्गीय पार्टी भएकाले थारू समुदाय र पहाडी दुवै समुदायको मत मैले पाउने भएकाले जित सुनिश्चित छ। मुक्त कमैया, सुकमबासी सबैले मत दिन्छन्। मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ।

फूलराम चौधरी, क्षेत्र १, एकीकृत माओवादी

उत्पीडित जाति, क्षेत्र, लिंगको अधिकार सुनिश्चित हुने गरी संविधानसभाबाट संबिधान बनाउने हो। पछाडि परेका वर्गलाई अधिकार दिन सकेमात्र विकास हुन सक्छ। संविधान बनाएपछि विकास निर्माणका काम गर्नुपर्छ। मेरो पार्टीका पूरै कार्यकर्ता परिचालन भएर जनताको घरघरमा गएकाले मेरो जित सुनिश्चित छ। मेरो प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ।

शेरबहादुर चौधरी, क्षेत्र ३, एकीकृत माओवादी

यो क्षेत्र विकासका दृष्टिले निकै पछाडि छ। यसअघि चुनाव जित्नेहरूले यसमा ध्यान दिन सकेनन्। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सकुम्बासी, मुक्त कमैयाको व्यवस्थापनजस्ता समस्या समाधान गर्ने मेरा एजेन्डा हुन्। विकासको मुद्दा उठाएकाले जनताले मिलाई जिताउँछन्। मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो।

चन्द्रिकाप्रसाद चौधरी, क्षेत्र ३, नेकपा एमाले

पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान पार्टीको मुख्य एजेन्डा हो। क्रान्तिकारी भूमिसुधार लागू गरी जमिनमा हदबन्दी कायम गर्नुपर्छ र भूमिहीनलाई जमिन दिनुपर्छ भन्ने पक्षमा छु। चुरे क्षेत्र, बसन्ता करिडोर संरक्षण, घोडाघोडी ताललाई पर्यटकीयस्थल बनाउनु छ। बाटोघाटो, पुलपुलेसा, बिजुलीलगायत विकासका पूर्वाधार निर्माणमा काम गर्छु। विनाधितो ऋण उपलब्ध गराएर स्वरोजगारी सिर्जना गर्नुपर्छ।

गौरीशंकर चौधरी, क्षेत्र ४, एकीकृत माओवादी

Leave a Reply

Your email address will not be published.