‘टीकापुर घटनामा पक्राउ परेका कैदीद्वारा आत्महत्या प्रयास’

टीकापुर घटनामा पक्राउ परेकाहरुले आत्महत्या प्रयास गरेको खुलेको छ । बिना कारण कैदी जीवन बिताउन बाध्य उनीहरु घरपरिवार र बालबच्चाको यादले डिप्रेसनको शिकारसमेत भएको बताइएको छ ।

थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य राजकुमार लेखीसँगको भेटमा कैलाली अध्यक्ष लाहुराम थारुले केही थारु साथीहरुले आत्महत्या प्रयास गरेको बताए । ‘घरपरिवार र छोराछोरीको चिन्ता र बिना कसुर जेलमा बस्नुपर्दा उहाँहरु तीन दिनसम्म खाना खानु भएन,’ अध्यक्ष चौधरीको कुरा उद्धृत गर्दै लेखीले भने, ‘केही साथीले त आत्महत्या गर्छु पनि भने ।’ दुई अगुवा नेता लाहुराम चौधरी र रामप्रसाद थारुले उनीहरुलाई सम्झाइ बुझाइ गरेको लेखीले बताए ।

टीकापुर घटनामा पक्राउ परेकाहरुले आफ्ना छोराछोरीको पाललपोषण गरिदिन आग्रहसमेत गरेका छन् । जेलमा बस्दा उनीहरुलाई रोजीरोटीको समस्या र छोराछोरीको पढाइमा बाधा अड्चन आएको भन्दै कैदीहरुले आफ्नो छोराछोरी र घरपरिवारलाई हेरिदिन आग्रह गरे । ‘बिना कुनै कसुर जेलमा बस्नुपरेको छ । यसले ब्यापार व्यवसाय चौपट भएको छ । खेतीपाती शून्य छ । घर कसरी धान्ने ? छोराछोरी कसरी पढाउने ? अगुवा नेताहरु, नेतृत्व गेर्नेहरुले बुझ्नपर्छ कि नाइ ?,’ कैदीहरुको प्रश्न थियो ।

उनीहरुले आन्दोलाई रोक्न नहुने तर आफूहरुलाई छिटोभन्दा छिटो थुनामुक्त गराउन पहल गरिदिन उनीहरुले आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई नियमित भेटभाट गरिदिन पनि स्थानीय नेताहरुलाई आग्रह गरेका छन् । ‘स्थानीय नेताहरु पनि कोही भेट्न आउनुहुन्न । हाम्रा समस्याहरु कसैलाई सुनाउन पाउँदैनौं । कम्तीमा कैलालीका साथीहरु नियमित भेटघाट गर्न आए हुन्थ्यो,’ कैदीहरुको आग्रह थियो ।
उनीहरुले विजयकुमार गच्छदार, रामजनम चौधरीहरु गद्धार भएको बताउँदै आन्दोलनको लागि नयाँ नेतृत्व आउनपर्ने धारणा राखेका थिए । कैदीहरुको गुनासो सुनेर नेता लेखीले सबै कुरा नेतृत्व तहमा पु¥याउन आश्वासन दिए । उनले आजदेखि सुरु भएको थरुहट÷थारुवान संयुक्त संघर्ष समितिमा पनि कुरा राख्ने बताए ।

Leave a Reply

Your email address will not be published.