धनगढीको तीन स्थानमा सखी सञ्जाल विस्तार

Sakhi Sanjaal- Dhangadhi 03

थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले खोलिएको संस्था (लुज फोरम) सखी सञ्जालले धनगढी-६ को जाली गाउँमा शाखा विस्तार गरेको छ। जालीको वसन्त टोलमा भएको भेलाले रीता चौधरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ। जसको उपाध्यक्षमा सविना चौधरी, सचिव सीता चौधरी र कोषाध्यक्ष अनिता चौधरी छन्।

Sakhi Sanjaal- Dhangadhi 02

त्यस्तै आजै शान्ति टोलमा भएकोअर्को भेलाले कान्छी चौधरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भयो। जसको उपाध्यक्षमा बसन्ती चौधरी, सचिवमा सरस्वती चौधरी र कोषाध्यक्षमा भावना चौधरी छन्।

आजै पिपलचोक टोलमा भएको भेलाले संगीता चौधरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भयो। जसको उपाध्यक्षमा फूलकुमारी चौधरी, सचिवमा सम्झना चौधरी र कोषाध्यक्षमा जया चौधरी छन्।

Sakhi Sanjaal- Dhangadhi 01

सोमबार आयोजना हुने चिरै भजहर मनाउन थारू महिलाहरु निकै उत्साहित भएको सखी सञ्जालकी अध्यक्ष इन्दु चौधरीले बताइन्। गाउँका भल्मन्सा तथा अगुवाहरुको सहयोगमा आयोजित भेलामा सञ्जालकी अध्यक्ष इन्दु चौधरी र सदस्य प्रेमा चौधरीको उपस्थिति थियो।

अध्यक्ष चौधरीले संस्कृति अमूल्य सम्पत्ति रहेकाले यसको संरक्षण र जगेर्ना गर्न सबैलाई आग्रह गरिन्।
यसअघि सञ्जालले धनगढीको जाइ गाउँमा शाखा विस्तार गरिएको थियो।

Leave a Reply

Your email address will not be published.