थारु संस्कृति जगेर्ना गर्दै आएको सखी सञ्जालले शाखा विस्तार गर्यो

Sakhi Sanjaal

सखी सञ्जाल धनगढीले शाखा विस्तार गरेको छ । धनगढी–५, जाइ गाउँमा आयोजित भेलाले रुमिसा चौधरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको सचिवमा सुनिता चौधरी र कोषाध्यक्षमा कृष्ण चौधरी छन् ।
सञ्जालकी अध्यक्ष इन्दु चौधरी, सचिव रविना चौधरी र सदस्य प्रेमा चौधरीको उपस्थितिमा कार्यसमिति गठन भएको हो ।
थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले खोलिएको यो संस्था (लुज फोरम)ले थारु समुदायका प्रचलित पर्व गुरही, चिरैय भजहर, अष्टिम्की, गैया वेहर्नालगायत मनाउँदै आएको छ ।

संस्थाकी अध्यक्ष इन्दु चौधरीले थारु लोकसंस्कृति लोप हँदै गएको र त्यसलाई संरक्षण गर्नका लागि महिलाहरुको सञ्जाल विस्तार गरिएको बताए । संस्कृति संरक्षणमा पुरुषभन्दा महिलाहरुको सहभागिता उल्लेख्य रहेको बताउँदै उनले सबै क्षेत्रका महिलाहरुलाई संस्थामा आबद्ध हुन आह्वान गरिन् ।

सखी सञ्जालले धनगढीमा चिरै भजहर मनाउने

Leave a Reply

Your email address will not be published.