रमदैयालाई एनआरएनए इराकबाट दुई सय डलर सहयोग

टीकापुर घटनामा पति पक्राउ परेपछि विचल्ली बनेकी रमदैया चौधरीलाई इराकबाट सहयोग प्राप्त भएको छ। उनको दैनिक जीवनयापनका लागि एनआरएनए इराक च्याप्टरले दुई सय डलर सहयोग गरेका छन्। इराक च्याप्टरले त्यहाँस्थित नेपालीहरुसँग रकम संकलन गरेर दुई सय डलर पठाएको एनआरएनए इराक च्याप्टरका उपाध्यक्ष सीताराम चौधरीले जानकारी दिए। सो च्याप्टरले थारुवान डटकममार्फत् रमदैयालाई उक्त रकम सहयोग गर्न आग्रह गरेको छ।

रमदैयाको दैनिक जीवनयापन सहज होस् भनेर सो रकम सहयोग गरेको उपाध्यक्ष चौधरीले जानकारी दिए।

घरको अभिभावक नभएपछि रमदैयाको जीवनयापन निकै कष्टकर बनेको समाचार थारुवान डटकमले प्रकाशित गरेको थियो। लगत्तै बेल्जियमबाट सोमनारायण थनेतले ११ हजार २ सय २३, अमेरिकाबाट राम राई र देव थापाले संयुक्तरुपमा १५ हजार र कतारबाट अन्जनी पंजियारले ३० हजार नेपाली रुपैयाँ सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published.