करिब दुई महिनाअघि विभिन्न चरणको अडिसनबाट छनोट भएका देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने युवतीहरूको परीक्षाको घडी आज साँझ समाप्त हुँदैछ। ‘मिस नेपाल–२०१६’ को उपाधिका लागि यी युवतीहरूले यो डेढ महिनाको अवधिमा पटक–पटक आफूलाई उत्कृष्ट बनाउने प्रयास गरेका छन्।
बागमती नदीमा प्रवेश गरेर फोहोर सरसफाइ गर्नेदेखि अन्नपूर्ण होटलमा खाना खाने तरिका समेत सिकेका यी युवतीहरूले चार दिने चितवन राष्ट्रिय निकुञ्जको भ्रमणका क्रममा आफूलाई वातावरण संरक्षणको क्षेत्रमा सहभागी गराउने अठोट व्यक्त गरे। ट्यालेन्ट शोका क्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेर ‘मिस ट्यालेन्ट’ को उपाधिका लागि दावेदारी प्रस्तुत गरिसकेका युवतीहरूले प्रि–जजिङका क्रममा समेत आफूलाई प्रभावकारी ढंगले प्रस्तुत गरिसकेका छन्।
मिस नेपालमा काठमाडौंको प्रतिनिधित्व गर्नेहरूमा आश्मा केसी, कृतिमा रिमाल, सजुम कटुवाल, सचिना श्रेष्ठ, जुबी जोशी, आयुष्मा श्रेष्ठ, रोशनी खत्री, सोनिया शर्मा, अश्मी श्रेष्ठ, सिर्जना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ तथा प्रेरणा अधिकारी छन् भने ललितपुरका रोशनी खत्री तथा अंशु केसी छन् । काठमाडौं बाहिरबाट सहभागी हुनेहरूमा बुटबलकी कुसुम थापा मगर तथा करुणा खड्का, धरानकी अनिता कार्की तथा सन्दिपा लिम्बू एवं सप्तरीकी वर्षा लेखी छन्। लेखी थारु समुदायबाट एक्ली प्रतिस्पर्धी हुन्।
अन्तिम स्पर्धा आज साँझ साढे ७ बजे अन्नपूर्ण होटेलमा हुनेछ। कार्यक्रमको नेपाल टेलिभिजन प्रत्यक्ष प्रसारण गर्नेछ।
Contest no. 14
I like this model she is perfect model
basha lekhi
best of luck barsha
Best of luck barsha
Wish u all the very best Miss Barsha Lekhi
Wish you all the best misss Bidi chaudhary.