खाल्डोमा खसेर असिम चौधरीको मृत्यु

गोबरग्यासको मल फाल्ने खाल्डोमा खसेर दाङमा आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ सिसहर्निया गाविस-६ पिपराका बिना चौधरीका चार वर्षीय छोरा असिम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुईवटा भैंसी एकापसमा जुध्ने क्रममा किच्चिने डरले भाग्दै गरेका बालक गोबरग्यासको मल फाल्ने खाल्डोमा खसेका बालकको उद्धार गरी उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रकाश शर्माले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.