कांग्रेस संसदीय दल कार्यसमितिमा भाेटनीदेवी विजयी, तेजुलाल र बुद्धिसागर पराजित

Tejulal Chaudhary- Votanidevi Khawas and Budhisagar Chaudharyकांग्रेस संसदीय दलको कार्य समितिको लागि भएको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा पक्षनै हाबी भएको छ। २२ सदस्यीय कार्यसमितिको लागि आज बिहान भएको निर्वाचनमा सभापति देउवा पक्षका १८ जना निर्वाचित भएका छन् भने रामचन्द्र पौडेल पक्षबाट ४ जनाले मात्र जित्न सफल भए।
पौडेल पक्षबाट रामचन्द्र पोखरेल, राजन केसी, भरतबहादुर खड्का र दिपक खड्का मात्र निर्वाचित भए। देउवा पक्षका राजीव विक्रम शाह बिहीबार नै पिछडिएको क्षेत्रबाट निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचनको पूर्ण विवरण हेर्नहोस्:

प्रदेश नं १: तारामान गुरुङ–१०१, दीपक खड्का–१०३

प्रदेश नं २: तेजुलाल चौधरी–९२ , प्रेमकिशोर प्रसाद साह तेली–१०९

प्रदेश नं ३: ध्यानगोविन्द रञ्जित–११७ , रामेश्वरप्रसाद ढुंगेल–८६

प्रदेश नं ४: कमलप्रसाद पंगेनी–९४, रामचन्द्र पोखरेल–१०९

प्रदेश नं ५: विक्रम खनाल–१११, संजय यादव–९३

प्रदेश नं ६: तप्तबहादुर विष्ट–१०३, रीता शाही–७३

प्रदेश नं ७: दीर्घराज भाट ९३, भरतबहादुर खड्का–११०

समानुपातिक समावेशी प्रतिनिधित्व समूहहरुमा

मधेशी महिला दुई पदमा कविता कुमारी सरदार–१०७ऽ प्रमिला देवी दास–११२, रश्मी ठाकुर–१२०

मधेशी पुरुष एक पदमा अयोध्या प्रसाद यादव–१२३, लाल बाबु सिंह भुँइहार–७५,

दलित महिला एक पदमा आशा विक–१२४, कल्पना सोँव–७६, दलित पुरुष एक पदमा खड्गबहादुर बस्याल ९८, नरभान कामी १०५

आदिवासी जनजाती महिला दुई पदका लागि उषा गुरुङ–१०८, पुष्पलता लामा–९० राज्यलक्ष्मी श्रेष्ठ–८८ , ज्ञान कुमारी छन्त्याल–१०९

आदिवासी जनजाती पुरुष दुई पद आङटावा शेर्पा–१०४, कञ्चन चन्द्र वादे–९८, झुलबहादुर आले–७९, तीर्थबहादुर लामा–१११

खस आर्य महिला दुई पदमा गीता वाग्ले–१२१, चन्द्रादेवी जोशी–१०९, मधुशाही ठकुरी–११९ खस आर्य पुरुष एक पदमा बुद्धिराम भण्डारी–८४, राजेन्द्र कुमार केसी–११८

थारु एक पदमा बुद्धिसागर चौधरी–९३, भोटनीदेवी खवास–१०७

मुस्लिम एक पदमा अब्दुल रज्जाक–१३९, अब्दुल हमिद सिद्धिकी–६४

Leave a Reply

Your email address will not be published.