शान्ता चौधरी नेकपाको सचेतक चयन

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । बुधबार संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेकपाको उपनेतामा नेम्वाङ, दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरेको हो ।

यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी छन् । चौधरी यसअघि तत्कालीन एमालेको सचेतक थिइन भने गुरुङ तत्कालीन माओवादी केन्द्रका प्रमुख सचेतक थिए । राष्ट्रियसभामा नेकपाको प्रतिनिधिको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published.