थारु मोर्चा र सरकारी वार्ता टोलीबीच आज अनौपचारिक वार्ता हुने

Tharu Savasad

थारूवान थरूहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अाज अनौपचारिक वार्ता हुँदैछ। दिउँसो ३ बजे परराष्ट्रमन्त्रालयमा वार्ता हुने बताइएको छ। नयाँ सरकार गठन भएपछि बनेको नयाँ सरकारी वार्ता टोलीसँग संघर्ष समितिको पहिलो वार्ता हुन लागेको हो।

‘नयाँ सरकार हाम्रा मागप्रति कति संवेदनशील हुन्छ त्यसका अाधारमा हामी अगाडि बढ्नेछाैं,’ संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीले भने।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग पनि आजै वार्ता हुने भएको छ। मोर्चासँग दिउँसो १ बजे परराष्ट्रमन्त्रालयमा वार्ता हुने बताइएको छ। यसअघि तमलोपा कार्यालयमा सरकारी वार्ता टोली र मोर्चाको वार्ता भएको भएको थियो। वार्तामा सरकारले निर्णय गरेको आन्दोलनकारीको मागलाई तत्काल कार्यन्वयन गर्नुपर्ने अडान मोर्चाका नेताहरुले अघि सारेका थिए।

Leave a Reply

Your email address will not be published.