झापामा यसरी मनाइयो सामाचकेवा

Jhapa Sama Chakewa

सामाचकेवा पर्व झापामा धुमधाम साथ बुधबार सम्पन्न गरिएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साउँदै मनाइने सामाचकेवा पर्व थारु कल्याणकारिणी सभा र थारु संस्कृति युवा क्लव शान्तिनगरले उल्लासपूर्वक मनाएको इन्द्रकुमार चौधरीले बताए। थारु कल्याणकारिणी सभा शान्तिनगरले आयोजना गरेको सामाचकेवा सांस्कृतिक कार्यक्रममा अधिकांश थारु वक्ताहरुले थारुको सांस्कृतिक पर्वको संरक्षण गर्नुपर्ने बताएका छन्।

थारुको एकताको मुख्य कडी सामाचकेवा, जितिया जस्ता पर्व भएको उनीहरुको भनाई थियो। कार्यक्रममा सभाका जिल्ला कावा सभापति पुष्पलाल चौधरीको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय सदस्य श्रीप्रसाद चौधरीको विशेष आतिथ्य रहेको थियो।

कार्यक्रममा रामलगन चौधरीको सभापतित्व, गंगाराम चौधरीको सञ्चालन र अहिल्या चौधरीको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा हरि चौधरी, लवकुमार चौधरी, मोतीलाल चौधरी, चिरञ्जीवी चौधरी, रामकुमार चौधरी, भगवान चौधरी, हरिनारायण चौधरी, तेजनारायण चौधरी, भागु चौधरी, शेखर चौधरी, देवकुमार चौधरी, रामनारायण चौधरीलगायतले संस्कृति जोगाउन सबै थारुहरुको दायित्व रहेको बताएका थिए।

त्यस्तै, थारु संस्कृति युवा क्लव शान्तिनगरले पनि सामाचकेवाको अवसरमा कार्यक्रम सम्पन्न गरेको अध्यक्ष बबिता चौधरीले बताइन्। थाकसका केन्द्रीय सदस्य हरिनारायण चौधरीको प्रमुख आतिथ्य रहेको थियो।

पर्वमा सतभैया (सप्तर्षि), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगाले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन्। पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाई जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ। यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र दक्षिणा दिने गर्छन्।

Leave a Reply

Your email address will not be published.