एमालेले धम्काएपछि चन्द्रबहादुरले संयोजक छाड्यो, आन्दोलनबाट अलग्गिएका छैनौं : फूलाराम थारु

थरुहट/थारुवान संयुक्त संघर्ष समिति बाँकेका संयोजक फुलाराम थारुले आफूहरुले थारु आन्दोलन जारी राखेको बताएका छन्। चन्द्रबहादुर चौधरीले संयोजकको जिम्मेवारी छाडेपछि फुलारामले बाँकेको कमान्ड सम्हालेका छन्।

उनले चन्द्रबहादुरले एमालेको दबाबमा आएर आन्दोलनबाट अलग्गिएको गलत विज्ञप्ती प्रकाशित गरेको आरोप लगाए। चन्द्रबहादुरले एमालेको बाँके सचिवले बनाइदिएको विज्ञप्ती सञ्चारकर्मीमाझ पढेर भ्रम फैलाएको बताए। ‘हामीसँग छलफलै नगरिकन चन्द्रबहादुरजीले पार्टीको दबाबमा आएर जिम्मेवारीबाट टाढिएका हुन्,’ उनले थारुवानसँग भने, ‘थारु आन्दोलन जारी छ। यो आन्दोलन अधिकार प्राप्त नहुन्जेल जारी रहन्छ।’

Chandra Chaudhary

एमालले टीकापुर कान्डमा पक्राइदिने धम्की दिएपछि चन्द्रबहादुरले संयोजकको जिम्मेवारी छाडेर राजधानी हानिएको बताइएको छ। उनी एमालेको केन्द्रीय सचिवालय सदस्य हुन्।

Leave a Reply

Your email address will not be published.