थरुहट/थारुवान आन्दोलन केन्द्रीय परिचालन समितिका नेता राजकुमार लेखीले प्रमुख तीन दलले देशमा सैनिक शासन लाउने प्रपन्च रचिरहेको बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले बिहीबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले थारु र मधेसीमाथि दमन गर्नकै लागि तीन दलले मुलुकमा सैनिक शासन लगाउने षड्यन्त्र गरिहरेको आरोप लगाएका हुन्।
‘सुशील कोइराला, केपी ओली र प्रचण्डको खस ब्राम्हण एकता परिषद्ले देशमा मुठभेड चाहेका छन्’, उनले भने, ‘उनीहरुले देशमा अस्थिरता निम्त्याएर संविधान पनि नल्याउने खेलमा लागेका छन्।’
हतियार उठाउँछौ, देशभर आगो बाल्छौं
थारु, मधेसी, आदीवासी जनजातिको माग सम्बोधन नगरी तीन दलले जबजरजस्ती संविधान गरे आफहरुले हतियार उठाउने चेतावनी समेत उनले दिए। ‘तीन ठूला दलले आदिवासी जनजाति, थारु र मधेसी समुदायको आन्दोलनको बेवास्ता गरेका छन्’, उनले भने, ‘अहिले त तराई मधेसमात्र जलिरहेको छ, अब देशभर नै आगो बल्छ। दुई तिहाईको दम्भमा संविधान जारी गरेको एक घण्टामा जलाउछौं।’
नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्षसमेत रहेका नेता लेखीले तराई मधेसमा भइरहेको आन्दोलन अधिकार प्राप्त नभएसम्म नरोकिने पनि बताए।
टीकापुरमा देउवा र रावलले मान्छे मारे
कैलालीको टीकापुरमा अखण्ड सुदुरपश्चिमका ‘भिजिलान्ते’ लगाएर शेरबहादुर देउवा र भीम रावलले थारु आन्दोलन दबाउन खोज्दा प्रहरी अधिकृतसहितको ज्यान गएको बताउँदै नेता लेखीले टीकापुर घटनाका दोषी सुशील कोइराला सरकारलाई कारबाही गर्नुपर्ने धारणा राखे।
‘टिकापुर घटनाका दोषी नै सरकार हो, सुशील कोइराला र बामदेव गौतमलाई कारवाही गर्नुपर्छ’, उनले भने, ‘होइन भने उनीहरुलाई जनताले कारबाही गर्नेछन्।’
सिंहदरबारको चिया खान जाँदैनौ
वार्ताको लागि सरकारले गरेको आह्वानलाई व्यर्थको प्रयास भने । ‘ब्राम्हण एकता परिषद्का नेताहरुको मुख हेर्न र सिंहदरबारको चिया बिस्कुट खान मात्रै वार्तामा जान्नौ’, लेखीले भने, ‘अब वार्ता तराईका जनतासँग नै गर्नुपर्छ।’
थारु र मधेसीको एउटै आन्दोलन
मधेसी र थारुहरु एउटै आन्दोलनको तयारीमा रहेको जानकारी दिँदै उनले अब तराई-मधेसका घर घरका जनता आन्दोलनमा होमिने उनको दाबी थियो।
मधेसी, थारु, आदिवासी जनजातिहरुको आन्दोलन सफल नहुनुको मुख्य दोषी सञ्चार माध्यम रहेको उनले आरोप लगाए। ‘सञ्चारमाध्यम पनि सत्ताको भजनकीर्तन गाउने काममा मात्र समिति भएका छन्’, उनले आक्रोश पोखे।
-annapurnapos
एकदम सही यी मेडियाहरु भनेका साच्चीकै सत्ताकाे भजनकीर्तन गाउने काम मात्र गरेका छन् । यसमा त म १०० मा १०० प्रतिशत सहमग छु ।
It is clear by now that most of the medias are owned by Brahmins and Khas including medias based in Kathmandu and they all are against our freedom movement. You will have volunteers from most of the tribes and clans if need be. Jay tharuwan, Jay sanghiyeta, Jay Tamuwan.
lekhi ji tapai ko karan nai tharu kamjor bhayeko ho tapai le emale chakadi garna lai andolan gareko ho ki