थाकस कैलालीका सभापति पक्राउ

थरुहट/थारुवान संघर्ष समितिका जिल्ला संयोजक तथा थारु कल्याणकारिणी सभा कैलालीका जिल्ला सभापति लाहुराम थारु पक्राउ परेका छन्। टीकापुर घटनबारे सोधपुछ गर्न भन्दै थारुलाई उनकै निवासबाट पक्राउ परेको समितिका प्रवक्ता माधव चौधरीले बताए।

बुधबारमात्र फोरम लोकतान्त्रिकका केन्द्रीय नेता लक्ष्मण थारु पक्राउ परेका थिए। टीकापुरबाट पनि थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published.