एमाले नेता एवं बाँके संयोजक चन्द्रबहादुर चौधरी आन्दोलनबाट अलग्गिए

Chandra Chaudhary

सीमांकन बिरुद्ध आन्दोलनरत संयुक्त थरुहट संर्घष समितिका बाँके संयोजक चन्द्रबहादुर चौधरी लगायतका अगुवाहरु आन्दोलनबाट अलग्गिएका छन् । उनीहरुले सडक संर्घष त्यागेर शान्तिपुर्ण आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका हुन् । एमाले सचिवालय सदस्य समेत रहेका चौधरीको नेतृत्वमा बिगत २८ दिनदेखि बाँकेमा अनिश्चितकालीन बन्द हुदै आएको थियो ।

बुधवार एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आन्दोलनबाट अलग्गिएको घोषणा गरे । संबिधानको संसोधन बिधेयकमा संबैधानिक थारु आयोग गठनको प्रस्ताव आएकाले त्यसको स्वागत गर्दै थप उपलब्धिका लागि पार्टी भित्रै बसेर आन्तरिक संर्घष गर्ने उनले बताए ।

एमाले बाँकेले यसअघिनै थारु बाहुल्य पश्चिम कैलाली लगायतका जिल्लाहरु समेटेर प्रदेश ५ मा मिलाउनुपर्ने प्रस्ताव पार्टी केन्द्रमा पठाइसकेको जिल्ला अध्यक्ष अशोक कोइरालाले बताए । बुधवारदेखि एमाले सम्बद्ध थारु नेता तथा कार्यकर्ताको आन्दोलनमा सहभागीता नरहने पनि जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक थारु संघले एक कार्यदल गठन समेत गरेको छ । चन्द्र चौधरीको नेतृत्वमा रामचरण थारु र तुलसी थारु सम्मिलित उक्त कार्यदलले काठमाण्डौं गएर एमाले तथा अन्य शीर्ष नेताहरुलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिनेछ ।

-ekantipur

Leave a Reply

Your email address will not be published.