दाङ पनि दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन गरियो

Tharuhat

थरुहट आन्दोलनका कारण सुरक्षा चुनौतीमा रहेको दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार बेलुका ८ बजेदेखि भदौ २२ गतेसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो।

यो घोषणासँगै सोमबार बेलुकाखिनै सेना परिचालन गरिएको छ। थारुहरुको बाहूल्य रहेको जिल्ला र थरुहट आन्दोलनको गढका रुपमा रहेको दाङ अहिले चलिरहेको थरुहट आन्दोलनका कारण निकै सुरक्षा चुनौतीमा रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताए। ‘थारु आन्दोलनका कारण यो जिल्ला पनि सुरक्षा चुनौतीमा छ,’ उनले भने, ‘त्यसैले दाङमा दंगा नभड्केओस् भनेर दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो।’
मुख्यतः देउखुरी क्षेत्र यो आन्दोलनका कारण जगजगीमा रहेको उनले बताए। प्रशासनले राप्ती अञ्चल सदरमुकाम तुलसीपुर बजार क्षेत्र, घोराही र देउखुरी क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको र सुरक्षा अवस्थामा खलल पुग्न नदिन ब्यापाक सुरक्षा परिचचालन गरिने समेत जनाइएको छ।

थरुहट आन्दोलनकै क्रममा २०६४ मा देउखुरीमा २ जनाले ज्यानै समेत गुमाएका थिए। यो घोषणासँगै पाँच जनाभन्दा बढीको समूहमा बाहिर हिँड्डुल गर्न नपाउने प्रशासनद्धारा सूचनामा उल्लेख छ।
यसैगरि भेला, सभालगायत कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाइने प्रशासनले बताएको छ। प्रशासनले तोकेबमोजिमको नियम उलंघन गर्दै आगजनी गर्ने, सार्वजनिक वा कसैको निजी सम्पत्तिमा क्षति पुर्याउने प्रयास जो कसैबाट भएपनि गोली हान्नसक्ने अधिकार सुरक्षाकर्मीमा रहने समेत प्रशासनले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published.