टीकापुरको जनतालाई बुझेकोमात्र होइन, त्यहाँ हुर्केखेलेको मान्छे हुँ : गौरीशंकर चौधरी

Tharu Masal Juluss 18तपाईको जिल्लामा यस्तो घटना भएको छ तपाईले केही थाह पाउनु भएको छ ?

–म काठमाडौंमा छु । सञ्चारमाध्यम र साथीभाइलाई फोन गरेर बुझेको छु ।

के बुझ्नु भयो ?

–त्यहाँ जुन जे जस्तो घटना भयो त्यो एकदमै नराम्रो हो । खेदजनक र दुखदायी हो ।

यो घटना कसरी भएको होला जस्तो लाग्छ तपाईलाई ?

–म पनि अच्चम परेको छु । यो कसरी भयो । कल्पना गर्नै नखाले घटना भयो । मैले कल्पनामा पनि सोचेका थिइन् कि यतिसम्मको घटना हुन्छ । मैले बुझे अनुसार त्यहाँका थारु दाजु भाइहरु थरुहट प्रदेशको बोर्ड सरकारी कार्यालयहरुमा झुण्ड्याउन गएको रे । प्रहरीले त्यसलाई रोक्नखोज्दा झडप भयो । झडपपछि त्यस्तो घटना भएको हो ।

तपाई त त्यहाँको नेता हुनुहुन्छ, जनप्रतिनिधि हुनुहुन्छ, तपाईले जनताको मनोभावना, मनोकाँक्षा र विचार सबै बुझ्नु भएको छ के लाग्छ त्यहाँका तपाईका जनताहरुले प्रहरीलाई जिउँदै जलाउनेसम्मको काम गर्न सक्छ त ?

म पनि अच्चमित छु यो घटनाले । म त्यहाँको जनतालाई बुझेको मात्र होइन त्यहाँ हुर्के खेलेको मान्छे हुँ । त्यहाँको माटो हावापानी सबैसँग परिचित छु । जुन जनताले मलाई यहाँसम्म पठाएको हो । त्यसलाई नचिने कुरै हुँदैन । मेरो विचारमा यो घटना त्यहाँका जनताबाट भएको होइन ।

कसले गराएको हो त ?

कुनै घुसपैठियाले गराएको होला । आन्दोलनलाई बदनाम गराउन । आन्दोलनलाई भाँड्न त्यस्तो गराएको होला ।

यो विषयमा त्यहाँ सिडियोसँग कुरा भयो ?

कुरा भयो तर उहाँहरुले पनि घटनाको पूर्ण विवरण आइसकेको छैन भन्नुभएको छ । बुझेर खबर गर्छु भन्नुभएको छ ।

रातोपाटीबाट

Leave a Reply

Your email address will not be published.