टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान

Tikapur Ghatna

थरुहट-थारुवान संयुक्त संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज टीकापुर नगरपालकिाको बोर्डमा ‘थरुहट-थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ सो कार्यक्रम गर्ने तय भएको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखिछाड्ने जनाएका थिए ।

सो क्रममा उनीहरु कैलालीको मोतिनगर, दुर्गौली, बनगाउँ र जगतपुरतिरबाट टीकापर जम्मा हुने योजना बनाएका थिए । २० हजार बढी संख्यामा आएका उनीहरु ‘थारु पहाडी भाइभाइ, सद्भाव नखल्बल्याउ’ नारासहितको पम्पलेट बोकेका थिए, नारा लगाएका थिए । उनीहरुले हातहातमा लाठीसमेत बोकाका थिए ।

टीकापुरको पशुहाट बजारमा आउँदा एक्कासी प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भयो । प्रहरीले टियर ग्यास र हवाइ फायरिङ गर्‍यो । चारैतिरबाट प्रदर्शनकारी आएपछि प्रहरीहरु बीचमा घेरियो । भाग्ने ठाउँ भएन । प्रदर्शनकारी प्रहरीमाथि जाइलागे । न्युन संख्यामा रहेको प्रहरीहरु तेत्रो ठूलो संख्याको भीडमा हराए ।

एक्कासी स्थिति भयाबह बन्यो । कल्पनै गर्न नसकिने स्थिति पैदा भयो । तेत्रो ठूलो संख्याको भीडले गर्दा कहाँ के भइरहेको छ अनुमान गर्न गाह्रो भइरहेको थियो । संयमता अपनाएको प्रहरीले पछि गोली पनि अन्धाधुन्ध चलाउन थालेको थियो । पछि स्थिति नियन्त्रित हुँदै जाँदा मैले ६ जना प्रहरी ढलेको देखेँ । प्रदर्शनकारीतर्फ भने धेरै जना घाइते भएका थिए । उनीहरुलाई रेडक्रसको गाडीमा राखेर अस्पताल पु¥याउन सहयोग गरेँ । गोली लागेका धेरै प्रदर्शनकारीलाई गाउँले आफैँले बोकेर लगेका थिए ।

अहिले प्रशासनले कफ्र्यू लगाएको छ । ठूलो संख्यामा प्रहरी परिचालित छन् । स्थिति सामान्य छ ।
एक प्रत्यक्षदर्शीसँगको कुराकानी आधारमा

7 thoughts on “टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान

  1. तर दुईबर्षे दुधे बालक त प्रहरी थिएन । अनि उसले प्रहरीकाे बर्दी पनि त लगाएकाे थिएन । फेरी ती महान अान्दाेलनकारीहरुले किन ति अबाेध बालककाे घरमा प्रबेश गरेर उसकाे ज्यान लिए ? युध्द नै गर्दा पनि युध्दकाे नियले बालबालिका, महिला, अपांग, निहत्था जस्तालाई केही गर्नु हुँदैन भन्ने अन्तर्राष्टिय मान्यता रहेकाे छ । यहाँ त ती सब कुराहरु भुलेर अपराध र अातंककाे पनि पराकाष्टा नै नाघेर घटना घटाईएकाे छ । त्यसैले जतिसुकै बनाबटी कुराहरु गरे पनि त्यसकाे कुनै अर्थ छैन ।

  2. तर दुईबर्षे दुधे बालक त प्रहरी थिएन । अनि उसले प्रहरीकाे बर्दी पनि त लगाएकाे थिएन जसले यो सामाजिक सदाभाव भड्काउने अभिव्यक्ति दिए तिनै अमरेस सिहंले(कपुत) यसको जिम्मेवारी लिनु पर्छ र यस्ता नेतालाई अन्तराष्‍ट्रीय कठघरमा उभ्याउनु पर्छ के दोष त्यो अवोध वालकको सोझा थारु हो आप्नो बुद्दीको बिर्को खोल हो विदेशी दलालले( र को एजेन्ट) पछी नलाग ।

  3. त्यो दुईबर्षे बालक आन्दोलन कारी ले मारे का हैनन त्यो दुईबर्षे बालक पुलिस को गोलि लागेर ज्यान गयको हो, यो मिडिया ले र सरकार ले झुठो आरोप लगयको हो आन्दोलन कारी माथी,

  4. Varkharai Jha g post gareko padhda thah vayo. Sastra r police bicha .jhagada parera yek arka lai goli hana Han vayex r tyaha bachcha raheko le gardaa police goli lager mirtu vayex. Dos jati andolan karimathi lagayexa. Akhir kina tyatro rajniti.

  5. पश्चिम थरूवट क्षेत्रमा सेना पिरचालन गरी थरूवट अान्दाेनलार्इ दवावनका लागि याे नेपाल सरकारकाे सुनियाेजित चाल हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *