स्थानीयले बन्दकर्ताको गाडी जलाएपछि भैरहवामा कर्फ्यु

Bhairahawa-aandolan

मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दमा तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले भैरहवामा कर्फ्यु लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो। पूर्वमा बसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
बुधबार दिनभर बन्दकर्ता र बन्दको विरोधमा स्थानीय उत्रिएपछि भैरहवामा तनाव सिर्जना भएको थियो। बन्दकर्ताले प्रयोग गरेका मोटरसाइकल र गाडीहरुमा आगजनी भएको थियो।

भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते
आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको थियो। बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्

Bhairahawa-aandolan1

आन्दोलनकारीले भैरहवाको सिटी हस्पिटलसहित आधा दर्जनभन्दा बढी होटल र बसमा तोडफोड गर्नुका साथै मोटरसाइकल जलाएका छन्। उनीहरुले भैरहवाको कासी सिनेफेलेक्स, नान्स होटल, होटल क्यास्टललगायतका होटलका सिसा फोडिदिएका छन्। त्यसैगरी रुपन्देहीको बेलहियामा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।

बन्दकर्ताले बेलहियाका स्थानीय व्यवसायीहरुका सामान तोडफोड गर्न खोजेपछि स्थिति सामान्य बनाउन चारवटा अश्रु ग्यास र दुईवटा रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ। आन्दोलनमा दुईजना गम्भीर र ४-५ जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.