दाङमा बाढीले मृत्यु हुनेको संख्या १३ पुग्यो

Dang Fllod Victim

दाङमा बाढीले बगाएर मृत्यु हुनेको संख्या १३ पुगेको छ। केहीबेरअघि मात्रै पुरन्धारा ९ गंगटेमा थप एकजनाको शव भेटिएको छ। योसँगै शनिबार मात्र ७ जनाको शव भेटिएको छ। यसअघि शुक्रबार ६ जनाको मृत्यु भएको थियो। शुक्रबार बबई नदीमा आएको बाढीमा बेपत्ता ६ जनाको शव शनिबार भेटिएको छ भने राप्ती नदीले बगाएका थप एकजनाको शव भेटिएको छ।
धनौरी २ मा एकै घरका तीन, गोल्टाकुरी ३ मा एक, श्रीगाउँ ३ मा एक र देउखुरी लालमटियामा एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा धनौरी २ का एकैघरका शेरबहादुर वली, खली वली र अस्मिता वली छन्। यसैगरी गोल्टाकुरी ३ की सुनिता डाँगी, देउखुरी लालमटिया ३ का चेतप्रसाद उपाध्याय र श्रीगाउँ ३ र पुरन्धारा ९ गंगटेमा एक/एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
श्रीगाउँ र गंगटेमा भेटिएका शवको भने पहिचान भइसकेको छैन। प्रहरीका अनुसार बबई नदीको बाढीमा अझै थुप्रै व्यक्ति हराइरहेको प्रहरीले जनाएको छ।

देवेन्द्र सुवेदी/नागरिकन्युज साभार

Leave a Reply

Your email address will not be published.